×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोष्ट मर्जर लफडाः कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए सम्पदा लघुवित्तका कर्मचारी, आफूहरुलाई हेपेको आरोप ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पोष्ट मर्जर लफडाः कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए सम्पदा लघुवित्तका कर्मचारी, आफूहरुलाई हेपेको आरोप ! 

Artha Sarokar

२१ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । साबिकको साधना र सबैको लघुवित्त वित्तीय संस्थाबीचको मर्जरपछि बनेको सम्पदा लघुवित्तमा कर्मचारीबीच विभेदपूर्ण व्यवहार भएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका लघुवित्तका कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

कर्मचारीले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बैशाख २१ गते (आइतबार) कालोपट्टी बाँधेर कार्यालय समयभित्र शान्तिपूर्ण सांकेतिक विरोध जनाएका छन् । दोस्रो चरणमा बैशाख २३ गते कालोपट्टी बाँध्ने र आधा दिन पेन डाउन गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, तेस्रो चरणमा बैशाख २५ शान्तिपूर्ण प्रदर्शनसहित शाखा कार्यालयको नियमित कामकाज पूर्ण रुपमा बन्द गर्ने घोषणा गरेका कर्मचारीहरुले चौथो चरणमा बैशाख २८ गतेपछि संस्थाको केन्द्रीय कार्यालय घेराउ गर्ने र कुनै पनि कार्यालयमा दैनि काम नगर्ने/नगराउने घोषणा गरेका छन् । 

यसो त लघुवित्तमा देखिएको लफडा सुल्झाउन भन्दै संघर्ष समितिले कम्पनी सचिवमार्फत २०८२ बैशाख ७ गते नै २८ बुँदे मागपत्र सञ्चालक समितिलाई पेश गरेको थियो । तर, व्यवस्थापनको बेवास्ताका कारण हालसम्म उक्त मागपत्रको कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको आन्दोलनरत कर्मचारीले बताएका छन् । ‘भेदभावविरुद्ध संघर्ष समिति’को नेतृत्वमा अघि बढाइएको आन्दोलनको सूचना संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समक्ष औपचारिक रूपमा बुझाइएको छ ।’, संघर्ष समितिका अध्यक्ष दिपेन्द्र तामाङद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘मर्जरपछि संस्थाभित्र देखिएको पक्षपाती व्यवहार, पारदर्शिताको अभाव र न्यायोचित प्रक्रिया नअपनाइएका कारण कर्मचारीहरूबीच गम्भीर असन्तोष पैदा भएको छ ।’

त्यस्तै, संस्थाले आफूहरुको मागप्रति बेवास्ता गरे वा कुनै पनि हस्तक्षेप, दबाब वा अमानवीय व्यवहार गरे प्रतिरक्षाका लागि कठोर कदम चाल्ने आन्दोलनरत कर्मचारीहरुले चेतावनी दिएका छन् । 

अध्यक्ष भन्छन्- ‘समस्या समाधान गर्नुपर्छ, सकेसम्म छिटो गर्छौँ’  
यता संस्थाका नवनियुक्त अध्यक्ष प्रदिप सिग्देलले पनि संस्थामा पोस्ट मर्जरको लफडा देखिएको स्वीकारेका छन् । उनले दुई संस्था एक हुँदा यस्तो समस्या देखिनु सामान्य भएको भन्दै समस्या समाधान गर्नैपर्ने र बोर्ड त्यसका लागि तयार रहेको पनि बताएका छन् । 

‘यो मर्जरपछि देखिएको समस्या हो । कर्मचारीहरुले आफूहरुलाई विभेदपूर्ण व्यवहार भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘समस्या समाधान गर्न बोर्ड तयार छ । हामीले कमिटि नै बनाएर समस्या सामाधान गर्न खोजिरहेका छौँ । सकेसम्म छिटो समस्या समाधान गर्छौँ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी