काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले दुई दिने ‘नेभिगेटिङ ईसीएल: नेपाली वित्तीय संस्था र सहकारीका लागि व्यावहारिक कार्यान्वयन’ विषयक आवसीय सेमिनार आयोजना गरेको छ । लेमन ट्री प्रिमियर बुढानिलकण्ठ, काठमाडौँमा आयोजना भएको सो सेमिनारको पहिलो दिन उल्लेखनीय संख्यामा सहभागीहरुको सहभागीता थियो ।
सेमिनारको पहिलो दिन चार्टर्ड एकाउन्टेन्ट विदुर लुइटेलले अपेक्षित क्रेडिट हानी (इसीएल) सम्बन्धी कार्यान्वयनमा देखिने व्यावहारिक चुनौतीहरू र समाधानबारे प्रशिक्षण दिएका थिए ।
उक्त सेमिनार शुक्रबारसम्म चल्नेछ । हेरौं सेमिनारको पहिलो दिनको कार्यक्रमका खास झलकहरु: