×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंककै लापरवाहिले बैंक खाता ह्याक गरेर पैसा चोर्ने ह्याकरसम्म पुगे ४९ हजार गोप्य व्यक्तिगत विवरण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंककै लापरवाहिले बैंक खाता ह्याक गरेर पैसा चोर्ने ह्याकरसम्म पुगे ४९ हजार गोप्य व्यक्तिगत विवरण !

Artha Sarokar

१ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकको लापरवाहीका कारण बैंक खाता नै ‘ह्याक’ हुने जोखिम बढेको छ । बैंकले जागिरका लागि आवेदन दिएका झण्डै ४९ हजार आवेदकको संवेदनशील व्यक्तिगत विवरण वेबसाइटमा छरपस्ट पारेपछि सोही विवरण प्रयोग गरेर बैंक खाता नै ‘ह्याक’ हुने खतरा बढेको हो । 

बैंकले आफ्नो वेबसाइटमा सन् २०२१ देखि आवेदन दिएका आवेदकहरुको सूची सार्वजनिक गरेको छ । जहाँ गोप्य राख्नुपर्ने आवेदकको मोबाइल नम्बर, जन्म मिति, बाबु, आमा र बाजेको नाम लगायतका विवरण पनि उल्लेख छन् । 

यसो त बैंकमा जागिरका लागि आवेदन दिएकाहरुको व्यक्तिगत विवरण त्यसमा पनि गोप्य राख्नुपर्ने विवरण सार्वजनिक गर्नू गैरकानूनी मानिन्छ । ‘वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५’ मा पनि कुनै पनि व्यक्तिको जन्म, ठेगाना, इमेल, राहदानी वा नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र जस्ता विवरण सार्वजनिक गर्न नहुने उल्लेख छ । यसरी सम्बन्धित व्यक्तिको मन्जुरीबिना व्यक्तिगत विवरण सार्वजनिक गर्नूलाई उक्त ऐनले दण्डनीय कसुरका रुपमा व्याख्या गरेको छ । 

तर, बैंकले कानूनकै ‘धज्जी’ उडाउँदै रोजगारीका आवेदन दिएका आवेदकहरुको जन्ममिति, फोन नम्बर लगायतका व्यक्तिगत विवरण सबैले सहजै देख्न सकिनेगरी वेबसाइटमा सार्वजनिक गरेको पाइएको हो ।

एकातर्फ यसरी व्यक्तिगत विवरण सार्वजनिक गरिनु गैरकानूनी त छँदै छ, अर्कोतर्फ यसरी सार्वजनिक गरिएका व्यक्तिगत विवरण प्रयोग गरेर ह्याकरले बैंक खातासमेत ह्याक गर्ने खतरा रहेको विज्ञहरुको भनाई छ । ‘यसै पनि अहिले बैंक खाता ह्याकका घटना बढिरहेका छन् । त्यसैमाथि बैंकले नै हजारौँ व्यक्तिको विवरण सार्वजनिक गर्दा ह्याकरलाई झनै सजिलो हुने देखिएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक प्रविधि विज्ञले भने, ‘नेपाल बैंकले सार्वजनिक गरेका व्यक्तिगत विवरण बैंक खाता ह्याक गर्न पर्याप्त देखिन्छन् । यसले बैंक खाता ह्याक हुने खतरा झन् बढाएको छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी