काठमाडौँ । सेप्टेम्बर ८ (आज) काठमाडौँमा जेनजी पुस्ता प्रदर्शनमा उत्रिँदैछन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी (२८ वर्षमुनिका) पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।
जेनजीको आन्दोलनका लागि जिल्ला प्रशासन काठमाडौँले समेत अनुमति दिइसकेको छ । तर, आन्दोलनको दिन बिहानैदेखि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँठाउँमा स्पेशल टास्क फोर्स सहितका प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खासगरी प्रशासनले माइतीघर, बानेश्वर, संसद् भवन क्षेत्रमा सुरक्षा बढाएको छ । जेनजीले माइतीघर र संसद् भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेका छन् ।