काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले ती फरार कैदीहरूलाई अन्य जिल्ला हुँदै सिराहा आएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा बैंकिङ कसुर मुद्दामा सजाय भोगिरहेका सिराहा नगरपालिका-४, रघुनाथपुरका ५१ वर्षीय रामसेवक यादव र व्यवसायिक उद्योगसम्बन्धी मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय गोपाल साह रहेका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।