काठमाडौँ । असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । जबकि समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले बढेको छ ।
यो अवधिमा सबै प्रदेशमा विपन्न वर्ग कर्जा घटेको छ । जसमा मधेश प्रदेशमा झण्डै ४० प्रतिशत गिरावट आएको छ । राष्ट्र बैंकको कडाइ, लघुवित्त कर्जामा सीमा, र ऋण नतिर्ने आन्दोलनका कारण असुली कमजोर भएपछि बैंकहरू यस क्षेत्रमा लगानी बढाउन हिचकिचाएका हुन् ।
यद्यपि, हालै लघुवित्त कर्जाको सीमा बढाइएकाले आगामी दिनमा कर्जा विस्तार हुने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्