×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेढ करोड भन्दाबढीको लागतमा व्यावसायिक कालिजपालन गर्दै तनहुँका युवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डेढ करोड भन्दाबढीको लागतमा व्यावसायिक कालिजपालन गर्दै तनहुँका युवा

Artha Sarokar

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । लकडाउनको समस्यामा पर्नुभएका तनहुँका एक युवक गाउँमा फर्किएर व्यावसायिक रुपमा कालिज पाल्न थाल्नुभएको छ । बन्दिपुर गाउँपालिका–४ लोहीपाखा निवासी सुनिलकुमार श्रेष्ठले गत वैशाख महिनादेखि कालिजपालन गर्नुभएको हो । आवश्यक भौतिक संरचना निर्माणलगायतका गरी करिब डेढ करोड लगानीमा श्रेष्ठले कालिज पाल्न थाल्नुभएको हो ।

काठमाडौँमा बेकरी पसल सञ्चालन गर्नुभएका श्रेष्ठले कोरोनाको सङ्क्रमण फैलिएपछि लगाइएको निषेधाज्ञाले बाँच्न गाह्रो बनाएपछि गाउँ फर्किएर कृष्णको ज्ञान एकीकृत कृषि फार्म दर्ता गरी व्यवसाय सुरुवात गर्नुभएको हो । गाउँमा रहेको करिब नौ रोपनी बाँझो जग्गामा पोखराबाट प्रति चल्ला  आठ सयका दरले खरिद गरी दुई हजार चल्ला व्यवसाय सुरुवात गर्नुभएका श्रेष्ठले अहिले धमाधम बिक्री गर्न थाल्नुभएको छ ।

साना चल्ला हुँदा जोगाउँन कठिनाई भयो । केही चल्ला मरेको पनि उहाँले सुनाउनुभयो, “केही बिक्री गरेर पनि अझै एक हजार ४०० कालिज फार्ममा रहेका छन् ।” भाले बिक्री गरिए पनि पोथी अण्डाको लागि राख्ने गरिएको छ । अहिले फार्ममा एक दिने चल्लादेखि एक महिनासम्मका कालिजको चल्ला रहेको छ । प्रति चल्ला ४०० देखि ५०० सम्म बिक्री हुन्छ । कालिज पाल्ने किसानको लागि आवश्यक तालिमको पनि व्यवस्था रहेको श्रेष्ठले बताउनुभयो । बस्ने घर, कम्पाउण्ड तारबार र फार्मसम्म जाने सडक निर्माणलगायतका भौतिक संरचना निर्माण गर्दा करिब डेढ करोड लगानी भएको श्रेष्ठ बताउनुहुन्छ । करिब डेढ किलोको कालिज प्रति गोटा तीन हजारमा बिक्री गर्ने गरिएको छ ।

उहाँले भन्नुभयो “कसैले भालेपोथी लैजाने चाहेमा सात हजारमा बिक्री गर्ने गरिएको छ ।” पालेको ६ महिनामा कालिज खान योग्य हुन्छ । फार्ममै कालिजको मासु, परिकार, खाना र खाजाकोसमेत व्यवस्था मिलाइएको छ । कालिज स्थानीयस्तरमै खपत हुने गरेकोले बिक्रीको कुनै समस्या नभएको श्रेष्ठ बताउनुहुन्छ । जिल्लाको आँबुखैरेनी, डुम्रे, बन्दिपुर र छिमेकी जिल्ला गोरखामा बिक्री हुर्दै आएको उहाँले बताउनुभयो । कालिज फार्म सुरु गरेदेखि घरका बुबाआमा, श्रीमती र आफू गरी सबै जनाले रोजगारी पाएको उहाँ बताउनुहुन्छ ।

लकडाउनका कारण जीवन धान्न धौधौ भएपछि गाउँ फर्किएको बताउँदै श्रेष्ठले गाउँमा बाँझो रहेको जमिनमा कोही गरौं भन्ने सोचका साथ कालिजपालनमा लागेको जानकारी दिनुभयो । सुरुको दुई महिनाजति खोरमा राखेर पाल्ने र त्यसपछि खुला चौरमा छाडेर पाल्ने गरिएको छ । कालिजको मासु वृद्वबवद्वा, बालबालिका, गर्भवती, सुत्केरीलगायत जुनसुकै बिरामीले पनि खानयोग्य मानिन्छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी