मंसिर महिनाको आर्थिक राशिफल
सिंह राशि भएका व्यक्तिहरूका लागि मंसिर महिना समग्रमा ७५ प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, १२, १९, २६ र २९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा मंगलबार भने कुनै पनि व्यवसायमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।
यो राशि हुनेहरूका लागि मंसिर १६ र २३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा सिंह राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। यता खर्च व्यवस्थापन गर्न जटिल निर्णय लिनुपर्ने देखिन्छ । साथीको लहैलहैमा लाग्नाले कार्य समयमा सम्पादन गर्न गर्ह्यो हुने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल





प्रतिक्रिया दिनुहोस्