Skip to content
LAXMI SUNRISE BANK

सिंह राशि

अर्थ सरोकार

फागुन महिनाको आर्थिक राशिफल

सिंह राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि फागुन महिना समग्रमा राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ । यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ७ र २१ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो राशि हुनेहरूका लागि फागुन ८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा सिंह राशि हुनेहरूलाई पहेंलो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। सिंह राशि भएका व्यक्तिहरूलाई फागुन महिनामा २, ३  र ५  अंक शुभ देखिन्छ भने १ र ९ अंक भने नराम्रो देखिन्छ।

नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल

सिंह राशि भएका व्यक्तिहरूका लागि २०८२ साल औसत देखिन्छ । गरेको र आँटेको काम सहजै सम्पन्न हुने देखिन्छ।
सेयर बजारमा लाग्नेहरुका लागि यो वर्ष मध्यम छ।
कतै लगानी गर्दा धेरै सोचविचार गरेर मात्र गर्नुपर्ने हुन्छ।  सुन चाँदीको व्यापारमा पनि सफलता मिल्ने देखिन्छ । वैदेशिक यात्राको योग देखिएकाले पैसा भने फस्ने योग देखिएको छ।
स्वास्थ्य कमजोर हुनाले सोचेको उपलब्धि पाउन गाह्रो हुनेछ। लहैलहैमा गरेको श्रमको उचित प्रतिफल नमिल्ला।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK