
असोज महिनाको आर्थिक राशिफल
मकर राशि भएका व्यक्तिहरूका लागि असोज महिना समग्रमा ८० प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ३, ८, १०, १७, १८ र २९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बुधबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा आइतबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असोज ५ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
यो महिनामा मकर राशि हुनेहरूलाई कालो र निलो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। आफूभन्दा सानाको सहयोग मिल्दा मन प्रसन्न हुनेछ। दुर्घटना हुनबाट भने सावधानी अपनाउनु पर्ने देखिन्छ। सवारी साधन तथा अन्य सामग्री किन्दै हुनुहुन्छ भने बुधबार किन्नुहोला, प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा भने श्रमको उचित मूल्यांकन नमिल्ला।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
मकर राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रै देखिन्छ। नोकरी वा पेशामा पदोन्नतिका योग देखिएका छन्। कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ। वर्षको मध्यमा सेयर बाजारबाट मनग्य लाभ उठाउन सकिनेछ।
विद्यार्थीहरूलाई मार्केटिंग क्षेत्रमा नयाँ अवसर मिल्ने योग देखिएको छ। वर्षको अन्तिममा भने अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने देखिन्छ। नयाँ रोजगारीको अवसर देखिएकाले मेहनत भने धेरै गर्नुपर्ने देखिन्छ।
यो वर्ष आर्थिक लेनदेन गर्दा भने विचार पुराउनु पर्ने देखिन्छ। बैदेशिक रोजगारीको योग देखिएको छ।