Skip to content
LAXMI SUNRISE BANK

मकर राशि

अर्थ सरोकार

वैशाख महिनाको आर्थिक राशिफल

मकर राशि भएका ९० प्रतिशत व्यक्तिहरूका लागि वैशाख महिना राम्रो देखिन्छ भने १० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , ८ , ९ , १५ , १६ र २३  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अध्यन गरेर बुधबार गर्नुहोला । बिहीबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि वैशाख १९ र १६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

यो महिनामा मकर राशि हुनेहरूलाई हरियो, कालो र सेतो रंग सुभ देखिन्छ भने पहेलों रंग अशुभ देखिन्छ। मकर राशि भएका व्यक्तिहरूलाई वैशाख महिनामा १ , ४  र ६ अंक शुभ देखिन्छ भने २ , ५ र ८ अंक भने नराम्रो देखिन्छ। यो महिनामा आर्थिक पक्षमा सुधार हुनेछ ।  बचत गर्ने अवसर पनि मिल्न सक्छ। तर ठूलो लगानी वा महत्वपूर्ण निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नु राम्रो देखिन्छ।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

मकर राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा मिश्रित तर क्रमश: सुधार हुँदै जाने वर्ष देखिन्छ। यो वर्ष आर्थिक रूपमा सुरुमा केही उतारचढाव र दबाब महसुस हुन सक्छ, तर बिस्तारै स्थिति मजबुत हुँदै जानेछ। बैंकिङ क्षेत्रमा काम गर्नेहरूका लागि जिम्मेवारी बढ्ने, कामको दबाब पनि बढ्ने तर त्योसँगै प्रगति र पदोन्नतिको सम्भावनाका पनि योग छन्।

सेयर बजारतर्फ हेर्दा सुरुवाती महिनामा जोखिम र अस्थिरता देखिए पनि वर्षको मध्यदेखि अन्त्यतिर नाफा लिन सकिने अवसर आउन सक्छ, त्यसैले दीर्घकालीन लगानी बढी लाभदायक हुने देखिन्छ ।

यो वर्ष करियरमा मेहनत अनुसार फल पाइने समय छ, नयाँ अवसरहरू आउने तर त्यसका लागि निरन्तर प्रयास आवश्यक हुनेछ। पारिवारिक र व्यक्तिगत जीवनमा सामान्य सहयोग र समर्थन मिल्नेछ, तर कहिलेकाहीँ मानसिक तनाव, खर्चको दबाब र सहकर्मी वा साथीहरूसँग सानो असमझदारी हुन सक्छ।

समग्रमा यो वर्ष धैर्य, योजना र सावधानी अपनाएमा बिस्तारै राम्रो प्रगति र स्थिरता हासिल गर्न सकिनेछ । यो वर्ष विदेशको यात्रा पनि छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK