
असोज महिनाको आर्थिक राशिफल
मीन राशि भएका व्यक्तिहरूका लागि असोज महिना समग्रमा ६५ प्रतिशत राम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६, १३ र २० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असोज ८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
यो महिनामा मीन राशि हुनेहरूलाई सेतो र पहेंलो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। यता आर्थिक पक्ष भने सामान्य रहनेछ। आत्मविश्वासमा वृद्धि हुने देखिन्छ। नयाँ कार्य प्रारम्भ गर्न सफल भइनेछ। घरजग्गा वा अन्य व्यवसायको काम सुरू गर्ने उपयुक्त समय रहेको छ। सत्रुहरूले भने चलखेल गर्नेछन्।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
मिन राशि भएका व्यक्तिहरूका लागि मध्यम रहेको छ। स्वास्थ्यमा समस्या हुँदा धन खर्च हुने देखिएको छ। धन बढी हानी हुने योग देखिएको छ। ऋणलिनु पर्ने स्थिति सिर्जना हुने देखिन्छ। रोजगारीको राम्रो अवसर प्राप्त भए पनि घुमाउनु पर्ने देखिन्छ।
यो वर्ष सेयर बजारमा पनि त्यति राम्रो हुने योग देखिएको छैन। धन लाभ गर्नको लागि भने सार्है कस्ट उठाउनु पर्नेछ। दुई पांग्रे र चार पांग्रे सवारी साधन किन्ने योग देखिएको छ। यो वर्ष कार्यक्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्दा भने सफलता पाइने योग देखिन्छ। व्यापार व्यवसायको दृष्टिले यो वर्ष सामान्य रहनेछ।
खाद्यान्न सम्बन्धी तरल पदार्थको व्यापार लाभदायी रहनेछ। वैदेशिक रोजगारको नयाँ अवसरहरू मिल्नेछ। होटल सम्बन्धी व्यापारमा पनि राम्रो फड्को हात लाग्न सक्नेछ। कारोबार सोचेजस्तो गतिले यो वर्ष नचल्ला।