Skip to content
LAXMI SUNRISE BANK

मीन राशि

अर्थ सरोकार

जेठ  महिनाको आर्थिक राशिफल

मीन राशि भएका व्यक्तिहरूका लागि जेठ महिना समग्रमा ८५ प्रतिशत राम्रो देखिन्छ। तर, १५ प्रतिशत व्यक्तिलाई नराम्रो हुने देखिन्छ।  स्वस्थमा खर्च हुने देखिन्छ । कर्म गर्नाले अवसर प्राप्त हुने योग छ । सेयर बजारबाट राम्रै लाभ मिल्नेछ । वैदेशिक यात्राको योग देखिएको छ । लामो समयदेखि बिक्री नभएको अचल सम्पत्ति बिक्री हुने योग छ ।

बोलीमा निखार आनेछ । कृषि कर्ममा सरिक भइनेछ । मुद्दामामिलामा सफल भइनेछ । गरगहना, सामान वा पैसा भने हराउने योग देखिएको छ । यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १, ३ , ४ , १० , ११ र २९ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ। यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ ।

यो राशि हुनेहरूका लागि जेठ ६ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मीन राशि हुनेहरूलाई रातो र सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। मीन राशिलाई यो महिनामा १ , ६ र ९  अंक शुभ देखिन्छ भने ३ , ७ र ८  अंक अशुभ देखिएको छ।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल

मीन राशि भएका व्यक्तिहरूका लागि नयाँ वर्ष २०८३ साल समग्रमा मिश्रित वर्षको रूपमा देखिन्छ। सेयर बजारमा दीर्घकालीन सोच राख्ने मीन राशिका लागि यो वर्ष तुलनात्मक रूपमा राम्रो मान्न सकिन्छ, विशेषगरी बैंकिङ, हाइड्रो वा स्थिर क्षेत्रतर्फ गरिएको धैर्यपूर्ण लगानीले वर्षको अन्त्यतिर राम्रो रिटर्न दिन सक्ने सम्भावना छ, तर छोटो समयमा नाफा खोज्ने प्रवृत्तिले जोखिम बढाउन सक्छ।

समग्रमा आर्थिक अवस्था पूर्ण रूपमा कमजोर वा बलियो भन्दा पनि ‘सिकाइ र सुधारको वर्ष’ जस्तो रहनेछ । मीन राशिलाई बैंकिङ क्षेत्रमा काम गर्ने अवसर आउन सक्नेछ।

यता वर्षको सुरुवाततिर केही मानसिक दबाब, निर्णयमा अलमल र आर्थिक उतारचढावको अवस्था देखिन सक्छ, जसले गर्दा विशेषगरी सेयर बजार वा लगानीसम्बन्धी क्षेत्रमा हतारमा निर्णय गर्दा घाटा हुने सम्भावना रहन्छ, त्यसैले सुरुका महिनामा सावधानी अपलाउनुहोला।

व्यवसाय गर्नेहरूका लागि पनि सुरुमा अपेक्षाअनुसारको गति नआउन सक्छ, ग्राहक घटबढ हुने, खर्च बढ्ने वा योजना ढिलो कार्यान्वयन हुने जस्ता चुनौतीहरू देखिने योग छन्।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK