×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीमा कमी आउँदा आर्थिक विकासमा समस्या देखियोः गभर्नर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लगानीमा कमी आउँदा आर्थिक विकासमा समस्या देखियोः गभर्नर

Artha Sarokar

२७ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा लगानीमा कमी आउँदा आर्थिक विकास चुनौतीको रुपमा देखा परेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको भएतापनि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगती गरेको भन्दै देशमा लगानीको कमि आर्थिक विकासको चुनौतीको रुपमा देखा परेको बताएका हुन् ।

‘भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको थियो भने अहिले त्यो २०२३ र २४ मा ३.९ प्रतिशतले उकालो लाग्ने क्रममा छ ।’, गभर्नर अधिकारीले भने, ‘विशेषगरि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगती गरेको छ । विकास, बचत र लगानीको कमि पनि हाम्रो आर्थिक विकासको एउटा चुनौतीको रुपमा देखिएको छ ।’

गभर्नर अधिकारीले विश्व आर्थिक मन्दीको प्रभावबाट देशलाई बचाउनको लागि, नेपालको आर्थिक अवस्था धेरै सुधार भएको जिकिर गरे । अहिलेको नीतिले मौद्रिक नीतिलाई आधुनिकिकरण गर्ने, गुणस्तर बढाउने, डिजिटल बैंकिङ् व्यवस्थाको विकास गर्ने र मोडन भुक्तानीको व्यवस्था गरेर विश्व बजारमा जाने कुरालाई ध्यान दिएको उनको भनाई छ ।

उनले भने,‘बलियो घरेलु आर्थिक प्रणाली अति आवश्यक हुन्छ । विश्व आर्थिक मन्दीको प्रभावबाट देशमा केही सुरक्षित भएको छ । आर्थिक अवस्था धेरै सुधार भएको छ । योसँगै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा धेरै नै सुधारका कामहरु गरेको छ ।’, गभर्नरअ अधिकारीले भने, ‘अहिलेको नीतिले मौद्रिक नीतिलाई आधुनिकिकरण गर्ने, गुणस्तर बढाउने, डिजिटल बैंकिङ् व्यवस्थाको विकास गर्ने र मोडन भुक्तानीको व्यवस्था गरेर विश्व बजारमा जाने कुरालाई ध्यान दिएको छ ।’

त्यस्तै, उनले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनले आर्थिक स्थायित्व र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सम्मेलन आज र भोलि गरि दुई दिन चल्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी