×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको झेल, सीइओको ठाडो निर्देशनमा भयो लगानीकर्ता झुक्याउने यस्तो खेल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबी बैंकको झेल, सीइओको ठाडो निर्देशनमा भयो लगानीकर्ता झुक्याउने यस्तो खेल !

२५ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आफुले निकै प्रगति गरेको दावी गर्ने एनएमबी बैंकले लगानीकर्ता झुक्याउने दुष्प्रयास गरेको छ ।आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्ने क्रममा बैंकले यस्तो दुष्प्रयास गरेको हो । सीइओ भएदेखि नै बैंकका आन्तरिक कुराहरुमा देखि केहि कानुनी झमेलामा परेको भन्दै विवादित बनेका बैंकका सीइओ सुनील केसीको डिजाइनमा लगानीकर्ता झुक्याउने यस्तो खेल भएको बैंक स्रोत बताउँछ । 

यसरी भयो झेल !
एनएमबी बैंकले आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रति सेयर आम्दानी २७.६९ रुपैयाँ रहेको बित्तीय विवरण प्रकाशन गरेको छ । तर, प्रति सेयर आम्दानीको सुत्र प्रयोग गरी हेर्दा प्रति सेयर आम्दानी मात्र २३.३८ रुपैयाँ देखिएको छ । बैंकभित्रै इपीएस गलत भएको भन्ने चर्चा चलेपनि सीइओको ठाडो निर्देशनमा लगानीकर्ता झुक्याउने काम भएको बैंक स्रोतको दावी छ ।

 ‘कम्पनीले प्रत्येक वर्ष गर्ने खूद नाफालाई सो कम्पनीको त्यसबेला कायम कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ ।”सरसर्ती हेर्दा बैंकले निकालेको इपीएसगलत छ ।’ बैंकको फाइनान्स विभागमा काम गर्ने एक कर्मचारी भन्छन्, ‘२०७३/७४ को चौथो त्रैमाससम्म बैंकको १ अर्ब ५१ करोड १३ लाख ८६ हजार रुपैयाँ खूद नाफा गरेको देखिएको छ भने यो अवधिसम्म बैंकको चुक्तापूँजी ६ अर्ब ४६ करोड १७ लाख ७ हजार ४ सय रुपैयाँ रहेको छ । १ सय रुपैयाँका दरले सरसर्ती हिसाब गर्दा यो बैंकको सेयर संख्या ६ करोड ४६ लाख १७ हजार ७ सय ४ कित्ता हुन आउँछ भने यो सेयर कित्तालाई खूद नाफाले भाग गर्दा २३ रुपैयाँ ३८ पैसा प्रतिसेयर आम्दानी भएको देखिन्छ ।’ 

सीइओको निर्देशनमा चलखेलको प्रयास !
‘इपीएसको गलत सुचना दिनुपनि एक प्रकारको चलखेल नै हो ।’ आफ्नो नाम नबताउने सर्तमा बैंकको फाइनान्स विभागका एक कर्मचारी भन्छन्, ‘सुनील केसी सीइओ भएदेखि नै बैंकमा मनपरी अलि बढी नै भएको छ । तर आन्तरिक रुपमा विवादित सीइओले अव त लगानीकर्ता पनि झुक्यौना थालेका छन् । हामी फाइनान्सका कर्मचारीले समेत इपीएस निकालेको गलत भएको बताएका थियौं । तर उनले यसरि पनि हुन्छ, इपीएस कुनै तर्क दिएर बढी देखाउनुपर्छ भन्दै लगानीकर्ता झुक्याउने निर्णय गरेका थिए ।’ उनका अनुसार सीइओको जवर्जस्तीका कारण गलत इपिएस प्रकाशित हुँदा फाइनान्स विभागका कर्मचारीहरुलाई बाहिर मुख देखाउन समेत लाज भएको छ । 
गलत सुचना छापेर विदामा छन् सीइओ
यता गलत सुचना छापेर सीइओ विदामा बसेका छन् । यस विषयमा हामीले उनलाई पटक पटक सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् । विदेशी मुलुकहरुमा यसरी गलत सुचना दिनुलाई अपराधका रुपमा हेरिने भएपनि नेपालमा भने केहि गलत व्यक्तिहरुको हालीमुहाली हुने गरेको छ । यसअघि माछापुछ्रे बैंक र लक्ष्मी बैंकले समेत इपीएसमा भ्रम छर्ने प्रयास भएको थियो ।    
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी