Skip to content
LAXMI SUNRISE BANK

भुइँ स्याउतर्फ आकर्षित हुँदै नेपाली किसान

अर्थ सरोकार


अर्जुन खनाल / नयाँ दिल्ली 

बोटको स्याउ त हामी अधिकांसले देखेकैछौ तर भुईस्याउ कस्तो हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर पछिल्लो समय भुइँ स्याउ धेरैमाझ प्रिय बन्दैगएको छ । यो स्याउको बोट सुर्यमुखी फुलकोजस्तो हुन्छ । यो स्याउ रोपेकै बर्ष फल दिने कृषि प्राविधिक बताउँछन । जमीनमुनि सखरखण्डजस्तै फल्ने यो स्याउको बोक्रा ताछेर खाँदा निकै स्वादिलो हुने कृषकहरु बताउँछन । यसले पत्थर ,मधुमेह ,जन्डिस ,कब्जियत लगाएत रोगमा फाईदा हुने बताईन्छ ।

एउटा बोटमा १० देखि १५ केजीसम्मको  फल्ने नुवाकोट भाल्चेका किसानले बताए । उनीहरु भन्छन पहिला ‘हामीलाई विश्वासनै थिएन। तर पनि हामिले थोरै मात्रामा लागायौ पछि आम्दानी सोचेभन्दा पनि राम्रो भएपछि यसतर्फ हामी आकर्षित भएर यसको खेती तर्फ लागेका हौ । यसको मुल्य १५० देखि २ सय रुपैयाँ हुनुपर्नेमा बजार अभावले ६० रुपैयाँ किलो छोड्नु परेको गुनासो गरे ।

सात वर्षअघि जापानबाट ५ केजी बीउ ल्याएर यसको खेती सुरु गरिएको ‘एग्रीकल्चर प्रड्क्सन एण्ड मार्केटिङ सेन्टर’का डाईरेक्टर मोति खनालले बताउनु भयो ।त्यसमा पनि १५ लाख केजि उत्पादन गरि बिक्री भैइसकेको उँहाले जानकारी गराए ।

यो प्रजातिको फल पेरु ,बेलिभिया ,जापान  लगाएतका देशमा पाईन्छ ।नेपालमा नुवाकोट ,रसुवा ,सिन्धुपाल्चोक ,धादिङ ,सिन्धुपाल्चोक ,चरिकोट लागाएतका जिल्लामा यसको ब्यवसायिक खेती सुरु भएको छ । ७ बर्षअघि बीउ नेपाल भित्रिए पनि ब्यवसायिक खेती हुन थालेको करिब ४ बर्ष भएको बजार प्रवन्धक खनालले बताए ।’भुँई स्याउलाई बजार अभाव नहोस भनेर हामिले संस्था खोलेर बजारीकरण गरेका छौ। ‘ खनालले भने फललाई प्रसोधन गरि च्यवनप्रास बनाएर  पनि परिक्षण गरिरहेका छौ ।

खनाल थप्छन ‘हामी चाडैनै विभिन्न देशमा यसको बजार ब्यवस्थापन पनि गर्ने योजना बानाएका छौ। अहिले आएर करिब २५० कृषक संलग्न भएका छन । ‘आर्गनिक तरिकाले उत्पादन गरिएको भुँई स्याउमा फलाम ,क्याल्सियम ,सोडियम,पोटासियम,क्यालोरिन ,म्याग्नेसियम ,भिटामिन १ र २ अनि गुलकोजको मात्रा पाईने भएकाले स्वास्थलाई फाईदा  हुने बाताईन्छ । यसको पातबाट हर्वल चिया, फलबाट जुस ,सिपर ब्रान्डी ,रक्सी समेत उत्पादन हुने भएकाले बजारको खासै समस्या नहुने खनालले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK