‘दाई, मैले पढाई त सकेँ, लौन, अब के गर्ने हो, म त अलमल परें’, यो हो, गत साता एक जना भाइले मलाई फोन गरेर बताएको एउटा प्रतिनिधि वाक्य हो यो। मैले भाईसँग भेटेपछि कुराकानी गरेँ, मैले जानेको कुरा बताएँ, अनुभव सुनाएँ, अनि अलिक हल्का हुनुभयो।
नेपालीहरूका लागि अहिले अमेरिकामा आउने सबैभन्दा लोकप्रिय उपाय डिभी चिट्ठा पछि सायद विद्यार्थी भिसा होला। नेपालमा शिक्षा आर्जन गरेर उच्च शिक्षाको लागि अमेरिका आउनु राम्रै अवसरको रूपमा लिनुपर्छ नै। तर, यहाँ आएपछि अनेक किसिमका चुनौति सुरू हुन्छन्। विद्यार्थीहरुले गर्ने संघर्षका कथाहरू कहिलेकाही अत्यन्त कारूणिक हुन्छन्, त्यो भोगे यहाँ दुःख गरेर पढ्नेहरूलाई मात्र थाहा हुन्छ। बाहिरी आँखाले हेर्दा अमेरिका भएता पनि हरेक पाइला पाइलामा चुनौतिहरुसँग भिड्दै जानुपर्छ।
ती सबै चुनौतिहरू पार गरेर शिक्षा आर्जन गरिसकेपछि अर्को चुनौती खडा हुन्छ- पढाई त सकियो- अब के गर्ने? कसरी लिन सकिएला त- अनि त्यसपछि ग्रिनकार्डको लोभ।
जो सुकैको चाहना पनि चाहना हुन्छ-पैसा कमाउने, शान्तिसँग बाच्ने, सुखसँग आफ्ना सन्ततिको भविष्य सुनिश्चित गर्ने अर्थात् भविष्य बनाउने। थाहा छैन, यही भविष्य बनाउने बहानामा हामी कति आफ्ना भविस्यको मलामा गइसकेका हुन्छौं, तर पनि हाम्रो दिमागमा सधै ‘भविष्य बनाउने’ भूत सवार भइरहेको हुन्छ र क्षण क्षणमा हाम्रो सुख र खुसी पनि ‘भविष्य बनाउने’ खेल कै लागि आहुति दिन्छौ र समय बितेपछि बल्ल झस्किन्छौ।
खैर, अब लागू हाम्रै विषय बस्तुतिर। अब सरल प्रकारलेभन्दा यहाँ उच्च शिक्षा प्राप्त गरिसकेपछि हामी कनि कुथी कुन प्रकारले हुन्छ, यतै बस्न पाए हुन्थ्यो भन्ने मनमा हुन्छ, जुन कुरा स्वाभाविक पनि होला। अब नेपाल फर्किएर के गर्ने, काम पाइदैन, येति धेरै लगानी गरेर पढियो, घरमा दुःख छ-आदि इत्यादी कुरा विचारेर ल्याउँदा जति दुःख गरेनी यतै ठीक भन्ने दिमागमा आउनु अस्वाभाविक पक्कै होइन र यो बास्तविकता पनि हो। तर थाहा छैन, हामी सबैले यो सोच राख्यों भने देश कुन दिशा तिर जाने हो, थाहा छैन कसरी यो देशको उन्नति हुने हो, तर यथार्थमा बास्तविकता यही हो।
साच्चै एकछिन कल्पना गर्ने हो भने सबै अमेरिका जस्तो देशबाट पढेर, सीप सिकेर नेपाल फर्की त्यसलाई लागू गर्न सकेको खण्डमा वा लागु गर्ने वातावरण भैदिएको भए कति राम्रो हुन्थ्यो होला हगि? हजार जनामा कमसे कम एक जना मात्रै महाविर पुन जन्मिने हो भने पनि धेरै नै हुन्थ्यो होला। तर यो महाविर पुन जन्मिनलाई के तपस्या गर्नु पर्ने हो, थाहा छैन तर त्यो तपस्या हामीले गर्न सकेका छैनौ। बाहिर आफ्ना देशका युवाहरुलाई शिक्षा आर्जन गरेर स्वदेशमा फर्की देशको सेवा गर्लान भनि राखेको देशको अपेक्षा यही आएर तुहिन्छ र देश दिनपछि दिन नांगै हुँदै गइरहेको छ।
वास्तवमा यो एउटा विकराल समस्या हो-तर भएर के गर्ने? सरकारलाई भनौं, सुन्दैन। सुनोस पनि कसरी-मिलिजुली सरकार, कति बेला ढल्ने हो थाहा नै हुन्न, एक आपसमा चिनाजानी गर्दा गर्दै अर्को सरकार आउँछ, अनि के गर्ने – एउटा बाध्यता। सरकारमा बस्नेहरू वा देश हाक्नेहरू त आफ्नै कामप्रति विश्वास नभएर होला, आफ्नो देशप्रति विश्वास नभएर त होला, बाहिरी देशको नागरिक भएर बसेका छन् भन्ने कुरा लालबाबु पण्डितले छर्लंग बनाई दिए भने अरूको जनता जनार्दनको के नै कुरा भो र।
मैले यहाँ कुरा झिक्न खोजेको एउटा चुनौतिको थियो। त्यो चुनौति जसमा अमेरिका विद्यार्थी भिसामा आएकाहरुले पढाई सके पछि कसरी ग्रिनकार्डकोलागि बाटो खोल्ने त ? के छन् उपायहरु ? यसको बारेमा अलिकन भन्न मन लाग्यो।
एउटा कुरा मैले के देखेको छु भने जब विद्यार्थीको पढाई सकिन्छ, उनीहरू एक किसिमले अलमलमा पर्छन्। सबैको मनमा प्रश्न हुन्छ-अब के गर्ने? हुन् त सबै आफ्नो-आफ्नो कुराहरु हुन्, तर धेरै विद्यार्थीको समस्या यही नै हो।
पढाई सकेपछि सबै विद्यार्थीहरुले (जो विद्यार्थी भिसामा छन्) एक वर्षदेखि २९ महिना सम्मकोलागि काम गर्ने अनुमति पाउँछन्- त्यसलाई ओपिटी (OPT) अर्थात् अप्सनल प्राक्टिकल ट्रेनिङ भनिन्छ। यो अनुमति पत्र लिएपछि आफूले मन लागेको ठाउँमा काम गर्न सकिन्छ। तर बिडम्बना के छ भने सबै ठाउँमा अनुभवी खोजिरहेका हुन्छन् र काम सजिलोसित मिल्दैन। कामको अनुभवी खोज्छन अनि पाउँदैनन । त्यसो भए अब के गर्ने?
ओपिटी पाई सकेपछि वास्तवमा धेरै बाटाहरू खुल्छन्, पहिलो त धेरै जसो कम्पनीहरूले काम सिक्नकोलागि मौका दिन्छन्। अलि जाँगर देखाएर ईन्टरनसिप (Internship) खोज्नुपर्यो। यो मौका पाउन त्यति गाह्रो छैन। अहिले हरेक कम्पनीका वेवसाइटहरु छन्, कामकोलागि निवेदन हाल्नुपर्यो, लागि पर्नुपर्यो। जब ईन्टरनशीपमा काम सुरू हुन्छ, काम राम्रो गर्न सक्यो भने उनीहरुले H1B भिसाकोलागि प्रक्रिया सुरू गर्न सक्छन् र पछि ग्रिनकार्डको बाटो यही नै हो।
ओपिटी पाई सकेपछि दोस्रो बाटो भनेको सीप सिक्ने institute मा जानु हो। एउटा उदाहरण लिने हो भने एउटा जल्दो बल्दो र तुरुन्त काम पाइने बिषय कम्प्युटर बिषय हो। यो बिषय पढि सकेपछि पढाई सकिनासाथ् ट्रेनिंङ लिनु नै सबैभन्दा राम्रो हुन्छ। अमेरिकाको लगभग हरेक राज्यहरुमा यस्ता तालिम दिने ठाउँहरु हुन्छन्। यो उनीहरुको व्यापार नै हो को तालिम दिने, काममा लगाई दिने र पैसा कमाउने। यी ट्रेनिङ गराउने कम्पनीले काममा चाहिने सीपहरु सिकाउँछन् अनि काममा पनि लगाई दिन्छन्। तर विद्यार्थीबाट पैसा भने लिँदैनन्। त्यो भन्दा अझै ठूलो कुरा के भने उनीहरुले पछिसम्म काम गर्नकालागि भिसाकोलागि बन्दोबस्त गरिदिन्छन्-जसलाई H1B भिसा भनिन्छ। यो भिसा पाएपछि अनि ग्रिनकार्डको प्रोसेस सुरू हुन्छ। त्यस कारणले विद्यार्थीको लागि यो पनि एउटा उत्तम उपाय हुनसक्छ।-setopati
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्