ARCHIVE
बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो मिर्मिरे लघुवित्तको सेयर कारोबार ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ९.१९९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको बोनस सेयर मूल्य समायोजनपछिको मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम गरिदिएको छ । सोहि मूल्यका आधारमा आज कम्पनीको कारोबार खुलेको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४९७ रुपैयाँमा किनबेच भएको थियो ।