ARCHIVE
सेयर बाँडफाँडमा असहमति जनाउँदै स्थानीयले सान्जेन जलविद्युतका कर्मचारी कुटे, गाडीसमेत तोडफोड !

रसुवा । रसुवामा रहेको साञ्जेन जलविद्युत कम्पनीको सम्पत्तिमा स्थानीयवासीले तोडफोड गरेका छन् । स्थानीयवासीले सेयर बाँडफाँटमा असहमति जनाउँदै कम्पनीको सम्पत्तिमा तोडफोड गरेका हुन् । सेयर बाँडफाँटमा पहिलेदेखि नै असहमति जनाउँदै आएका गत्लाङका स्थानीयवासीले चिलिमे गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको कार्यालय, पेट्रोल पम्प, गाडीलगायतका सम्पत्तिमा तोडफोड गरि कर्मचारीलाई पनि कुटेका छन् ।[...]