SHARE MARKET
मंगलबारको सेयर बजार : नेप्से परिसूचक घट्दा पनि यी कम्पनीका लगानीकर्ताले मनग्य नाफा कमाए !
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८ करोडमाथिको सेयर[...]