SHARE MARKET
मंगलबार पनि ४६.४६ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ६७ करोडमाथिको कारोबार
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५३.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब[...]