
विदेशीले थोपरेको संघीयताको यो गलपासो अन्ततः नेपाली जनतामा यी नेताहरुले भिराएरै छाडे । नेपाली राजनीतिलाई बर्षौसम्म उस्कन नसक्ने गरी फसाइयो । ‘अरुको भरिया म के गरुँ ?’ भनेझै यी प्रमुख दलका प्रमुख नेताहरुले अरुको भरियाको रुपमा, अरुकै निर्देशनमा नेपाललाई टुक्र्याउने खेललाई अन्तिम रुप दिएका छन् । अहिले जिल्ला टुक्रियो, अब देश टुक्रन्छ ।
मेरै जिल्ला बाग्लुङलाई टुक्रा पारिएको छ । बाग्लुङका जनताले बुझिसके कि चित्रबहादुरले भनेको ठीक रहेछ । टुक्रेका जिल्लाका बासीन्दा धेरै निराश छन् । आज बिहानै मलाई जिल्लाका धेरैले फोन गरेर निराशा जनाए ।
पालैपालो आफ्ना भरियालाई दिल्लीले बोलाएर सीमांकन गरेर मात्रै संविधान जारी गर्न निर्देशन दियो । भरियाहरु आफैले गरेको १६ बुँदे सम्झौताविपरीत गएर एउटा अध्याँरो कोठामा बसेर सीमांकन गरे । १६ बुँदेमा सीमांकन गर्दा भूगोलविद्, समाजशास्त्री लगायत विज्ञहरुको सुझावका आधारमा सीमांकन गरिने उल्लेख थियो । यो एक जटिल प्रक्रिया पनि हो । तर भारतका भरियाहरु एउटा कोठामा बसे । अनि आफुखुसी जिल्ला टुक्र्याए ।
संघीयता नेपालको शन्दर्भमा कुनै पनि अर्थमा ठीक होइन मैले भन्दै आएको छु । वर्तमान, पूर्वमन्त्रीहरुले समेत यो गलपासो हो भन्ने बुझेका छन् । मसँगको व्यक्तिगत कुराकानीमा उनीहरुले संघीयता मुुलुकका लागि अनिष्टकारी छ भन्छन् । तर सबै चुपचाप छन् ।
काकरभिट्टादेखि महेन्द्रनगरसम्मको तराईको भूभाग बेग्लै प्रदेश बनाउने र कालन्तरमा भारत महासंघमा आवद्ध गराउने दीर्घकालिन योजनाअनुसार नै अहिले संघीयताको विजारोपण भएको हो । आठवटा तराईका जिल्लाको एक प्रदेश बनाएर यसको सुरुवात भएको छ । संघीयता बनाउने, आत्मनिर्णय नामक अधिकार दिएर छुट्टिन पाउने व्यवस्था गर्ने र अन्ततः भारतीय महासंघमा तराई लगेर मिसाउने योजनाअनुसार नेपालका भरियाहरु अहिले सल्बलाइरहेका छन् ।
हिजोसम्म सीमांकनसहितको संघीयता चाहिन्छ भन्दै मधेस केन्द्रीत राजनीति गर्नेहरु छट्पटाइरहेका थिए । एक छिनलाई मानौं अब सीमांकन भयो । तर पनि उनीहरु विद्रोहको कुरा गरिरहेका छन् । यसको भित्री कारण चाहीँ के भने प्रमुख दल र यी विद्रोहको कुरा गर्नेका स्वामी एउटै हुन् । एकथरीलाई दिल्ली बोलाएर सीमांकन पहिले गर भन्छ । अर्को थरीलाई विरोध गर, आन्दोलन गर भनेर उक्साउँछ । यी दुवैथरीले हामीलाई उचाल्ने पछार्ने मिलाउने, फुटाउनै एउटै हो भन्ने बुझेका छन् । तर सत्ता र शक्तिका लागि यीनीहरु जे पनि गर्छन् ।
भारतले हिन्दू राष्ट्र खोज्नेहरुलाई उचालेको छ । मधेसीलाई अधिकार माग भनेर उचालेको छ । आदीवासी, जनजाती, पृथकतावादी, संघीयतावादी सबैलाई खेलाउँछ । यसो गर्दा राजनीकि अस्थिरता हुन्छ । यस्तो अस्थिरतामा हस्तक्षेप गर्न पाइन्छ । मुलुकमा अस्थिरता भएन, शान्ति समृद्धि भयो भने स्वाभिमानी नेताहरु जन्मन्छन् । स्वाभिमानी नेताहरुले उनीहरुले भनेको मान्दैनन् । अनि नेपालको राजनीतिमा उनीहरु खेल्न पनि सक्दैनन् । यसो हुन नदिन भएजति सबैलाई उचालेर सधै अस्थिरता सिर्जना गरिएको छ ।
बितेका ६५ वर्षमा १३ सय त नेपालमा मन्त्रीहरु बने । ६४ वटा सरकार बदलिए । यसको अर्थ विदेशीको कठपुतली हुने र सत्तामा जाने प्रयत्न वर्षौअघि देखि भइरहेको थियो । अहिले पनि नेताहरु यही गरिरहेका छन् ।
राष्ट्रियता कमजोर पार्ने गरी तयार पारिएको नागरिकताको प्रावधान पनि घातक छ । बाबु वा आमाको नामबाट वंशजको आधारमा नागरिकता दिने यो प्रावधान हुनु पर्छ भनेर महिलाअधिकारवादीहरु, मानवअधिकारकर्मी, विभिन्न दलहरु उफ्रिरहेका छन् । तर यसको प्रभाव पछि गएर के पर्छ भन्ने यीनीहरुले सोचेकै छैनन् । सजिलै विदेशीलाई नागरिकता दिन सकिने गरी यस्तो प्रावधान राखिएका हो । नेपालमा जनसंख्याको चाप थेगिनसक्ने गरी बढाउने र विदेशीको हातमा नेपाल पुर्याउने खेल हो यो । तर ठूला दलका नेताहरुलाई जसरी पनि चुनाव जित्नु छ, यसका लागि यीनीहरुले ४६ सालयता जन्मेका सबैलाई नागरिकता दिएर लाखौ विदेशीलाई भित्र्याए । पञ्चायतकालमा पनि लाखौ विदेशीको नाम मतदाता सुचीमा राखेर निर्देलीय पञ्चायती व्यवस्थालाई टिकाइयो ।
यति भन्दाभन्दै पनि म एउटा कुरामा चाहिँ अलिकति सन्तुष्ट छु । ६ वटा प्रदेश बनाउने कुरामा दलहरुले सम्झौता गरे । संघीयता नै हुन हुँदैन, हुनै नै भए थोरै संख्यामा हुनु पर्छ भनेको थिएँ । अहिले ६ वटा प्रदेश बनाउने सहमति भएको छ । यसमा केही सन्तोष गर्ने ठाउँ छ ।
(अध्यक्ष केसीसँग ध्रुव रिजालले गर्नुभएको कुराकानीमा आधारित)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्