
म सानै छँदा एकहुल थारुहरु माथिल्लो शरीर निवस्त्र भएर हातमा फरुवा अनी खन्ती बोकेर खेतमा मुसा खन्न आउथे । त्यसबेला हाम्रो खेतको मुसा मारेर लैजादा मलाई सारै लोभ लाग्थ्यो र म मुसा खनिरहेका थारुसंग झगडा गर्थे ‘आलुको अचार सिन्कीको झोल थारु मुसा ठिकसंग बोल’ भन्दै घर आएर ड्याडीलाई पोल लाउथे उहाँ मलाई सम्झाउदै भन्नुहुन्थ्यो ‘थारुले हाम्रो बारीको मुसा मारेर लैजादा हामीलाई पनी फाइदा नै हुन्छ मुसाले हाम्रो धान खाँदैन भने उनीहरुले मासु खान पाउछन् ।’ प्रसंग टिकापुरको दर्दनाक काण्डपछि कोट्याउन मन लागेको हो ।
जब जब थारुहरु अस्तित्वको बारेमा लडे तब यो जाति सधैं अरुले उक्साएकै भरमा हाम्फाले । यिनीहरु कहीलै आफ्नो पहिचानको बारेमा जागरुक बनेनन् जब बने तब आक्रमक नै बने । जहिले पनी अर्कोले उक्साउँदा उक्सने र उक्साउनेलाई मालिक बनाई आफू त्यसको दास हुन रमाउनाले थारुहरुको सधै प्रयोग भयो, कहिले पहाडेहरुले त अहिले मधेसे नेताहरुबाट ।
थारुहरु आफूहरुलाई तराईका खास आदिवासी सम्झन्छन् । अनुसन्धाकर्ताहरुले थारु जातिलाई आफ्ना रिर्पोटहरुमा तराईका भुमीपुत्र भनेर परिभाषित गरेको पाइन्छ । भुमीपुत्र अर्थात माटोसंग अनन्वय सम्बन्ध भएका किसानहरु जो खेती लगाउने काम गर्दछन् । नेपालको इतिहासमा यो जातिको बहादुरी वा हैसियतको चर्चा कही उल्लेख भएको पार्इंदैन् । पहाडेहरु तराईतिर औंलो देखाउँदा पनी औलो लाग्छ भनेर तराईमा आई खेतीपाती गर्न नसकेका बेलामा तराईमा भने थारुहरु सर्प र मच्छरहरुसंग जुधेर बसे अन्नत्वगत्वा डार्वीनको समायोजनको सिद्धान्तले भनेझै बाच्नको लागि संर्घष जारी राखे र त्यही बाताबरणमा समायोजित भए । जब नेपालमा औलो उन्मुलन भयो तब नै पहाडमा धानको भात खान नपाएका पहाडेहरु तराईमा भित्रिए अघाउजी धानको भात खानलाई । तेतीबेला आफ्नै जस्तो भाषा पनी नबोल्ने रुपरंग पनी नमिल्ने र भेषभुषा पनी अलग भएका पहाडेहरुलाई थारुहरुले आफ्नो फडानी जग्गामा बास दिएका हुन् । तराईको खयरै खयर र बयरै बयर भएको झाडी फाँडेर थारुकै संर्सगमा पहाडेहरु पनी जग्गाका मालिक भए ।
थारुहरुको प्रिय पेय पदार्थ आफैले घरमा बनाएको जाँड हो, यसरी घरबनुवा जबडमा मातिरहने यो जाती पहाडेहरुले बनाएको भेलीवाला रातो रक्सीमा लोभिन थाले फलस्वरुप पहाडबाट जायजेथा वापत अलीकती हाँडाँ भाँडा लिएर तल झरेका पहाडेहरुले त्यही रातो रक्सीको निहुमा ती सोझा थारु लाई कब्जामा लिई आफै रजाई गर्नथाले । यता थारुहरु भने एक एक बोतल रक्सीमा आफ्नो बिघाका बिघा जग्गाहरु पहाडेलाई बेच्थे, यो कुरा अहिले पनी पुराना ब्यक्तिहरुबाट थाह पाईन्छ । त्यसरी थारुहरुबाट फेकटमा जग्गा लिएर पहाडेहरु तराईमा आई मालिक बने । थारुहरु भने तीनै जग्गा बटैया कमाउन थाले र गरिब भए । आफ्ना छोरा छोरीलाई तीनै साहुहरुको घरमा घरायसी कामकाजमा लगाए र कम्लहरी बनाए । यो प्रथा पहाडेहरुले नै चलाएका थिए । पहाडेहरुले आफ्ना छोरछोरीलाई स्कुल पठाए भने थारुका छोराछोरीलाई भने दाश बनाए बर्षौ सम्म, र यो प्रथा अहिले सम्म पनी तराईमा बिद्यमान छ यद्यपी २०५२ सालमा शेर बहादुर देउवा नेतृत्वको सरकारले नेपालबाट कमैया प्रथा मूक्त भयो भनेर घोषणा गरेको थियो ।
जब नेपालमा माओवादीले शसस्त्र आन्दोलन गरे धरै जाति र समुदायहरुमा राजनीतिक चेतना पलाउन थाल्यो र थारु जाती पनी माओबादी क्याम्पका हिस्सा भए जसले गर्दा उनीहरुको चेतना माओबादीले भने जस्तै हुँदै गयो पहाडेलाई थारुहरु दुश्मनको रुपमा हेर्न थाले । यसबीचमा पढेलेखेका थारुहरुले थारु कल्याणकारीणी सभा, कमैया प्रथा उन्मुलन समाज, बेस जस्ता संघसंस्थाहरु खोलेर थारु जातिमा जनचेतना ल्याउन सक्रीय बने । माओवादीले राजनीतिक चेतना भरेका थारुहरु ती संस्थामार्फत शैक्षिक र सामाजिक स्तरबृद्धी गर्न थालेका हुन् । जब माओबादी पार्टीभित्र तह तहमा बिभाजन सूरु भयो आफ्ना माग सम्बोधन नहुने देखेर लक्ष्मण थारु लगायतले नयाँ थरुहट पार्टी निर्माण गरे र पहाडे खेदाउ अभियाननै संचालन गरे तर पहाडेहरुसंग बर्षौदेखि मिल्दै आएका थारुहहरुले मानेन र अभियान स्थगित भयो । त्यही स्थगनको सुचारु हो टिकापुर घटना ।
थारुहरु आफूलाई मधेसे हाईनउ भन्छन्, बरु भारतका राजस्थानीहरु संग यिनीहरुको चालचलन भेषभुषा र भाषा पनी मिल्छ । पश्चिम तराईमा अर्का थरी जाति पनी छन्, ती हुन राना थारु समुदाय, जो आफूलाई आम थारु भन्दा पृथक ठान्दछन् । कठरीया पनी आफूलाई अलग राख्छन थारु भन्दा । तर जनसंख्याको हिसाबमा यिनीहरु थोरै भएर होला अवाज बुलन्द गर्न नसकेका । बास्तबमा थारुहरुको कुनै पनी ईतिहास नलेखिनुको पछाडी यिनिहरु कहीलै पनी आफ्नो अस्तीस्वको बारेमा जागरुक नभएर नै हो । जब जब थारुहरु अस्तित्वको बारेमा लडे तब यो जाति सधैं अरुले उक्साएकै भरमा हाम्फाले । यिनीहरु कहीलै आफ्नो पहिचानको बारेमा जागरुक बनेनन् जब बने तब आक्रमक नै बने । अन्यथा प्रकृतिको पूजा गर्ने, आफ्नो काममा कर्मशिल रहने सोझा यी तराई बासीहरुबाट जिउँदै मान्छे जलाउने जस्तो घिनलाग्दो र निन्दनीय कार्य हुनै सक्दैन यो त मधेसे नेताको नुन खाने केही उच्छृंखल थारुहरुको कर्तव्य हो । जहिले पनी अर्कोले उक्साउँदा उक्सने र उक्साउनेलाई मालिक बनाई आफू त्यसको दास हुन रमाउनाले थारुहरुको सधै प्रयोग भयो कहिले पहाडेको र अहिले मधेसे नेताहरुको ।
थारुहरुले आफूलाई सधै दास सम्झनाले गर्दा नै त्यही दासत्वको ज्वाला दन्कीएको हो टिकापुरमा ।
थारु र पहाडेबीच आत्मीयता थियो तराईमा बर्षौदेखि तर त्यो आत्मीयता पनी मालिक र दासकै जस्तो थियो भन्ने सत्यलाई नर्कान मिल्दैन । तर टीकापुरमा भएको रक्तपात थारुहरुमा आएको राजनीतिक चेतनाको प्रस्फुटन नभएर मधेसे नेताहरुको इसाराको परिणाम हो जहाँ थारु केबल मतियार मात्रै भएका हुन् । बास्तबमै थारुहरु नेपालका थारुभाषी आदिबासी हुन् र उनीहरुको मागलाई राज्यले सम्बोधन गर्नेेै पर्दछ यदी मुलुक संघीयतामा जाने हो भने । यदी टीकापर घटनाको बदलास्वरुप यिनीहरुको माग सम्बोधन भएन भने यो सोझो जाति बिस्तारै अर्को टिकापुर घटना घटाउन सक्ने आतंककारी संगठनमा बदलीन सक्छ । स्मरण रहोस बिश्वका अधिकांश आतंकबादी संगठनहरु यस्तै जातीय अबहेलनाका परिणामहरु हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्