×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशी चलखेलका कारण सहमति गर्नुपर्‍यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विदेशी चलखेलका कारण सहमति गर्नुपर्‍यो

२८ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली राजनीतिमा ड्रयागनको दाँत रोपेको तर संविधान निर्माण मार्फत झिँगा र उपियाँ फलेको बताएका छन्।

संविधानको परिर्माजित विधेयकमाथिको दफावार छलफलमा बोल्दै दाहालको उक्त कुरा बताएका हुन्।

उनले आफूले चाहेको भन्दा भिन्न खालको संविधानको मस्यौदा बनेको बताउँदै निराशा व्यक्त गरे।

नेपाली जनताले आफ्नो फैसला आफैं निर्माण गर्न सक्छन् या सक्दैनन् भन्ने प्रश्नचिन्ह खडा भएकाले अहिले संविधान निर्माणमा आफू लाग्नुपरेको दाहालले बताए।

‘यसैबीच हामीले षडयन्त्र र चलखेल देख्यौं। नेपाली जनता आफ्नो फैसला आफैं गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न खडा भएको छ,’ दाहालले भने,‘विदेशीका स्वार्थ यतिबेला नै तिखो रुपमा आएका छन्, जुन स्वाभाविक छ। तर संविधान निर्माण पनि बारम्बार हुने होइन। त्यसैले अधिकार नगुमोस् भनेर जनता आन्दोलित हुनु पनि स्वभाविक नै छ।’

मधेशलाई छुट्टै देश बनाउँछु भन्ने कतिपयको मत राष्ट्रघाती र मधेशघाती भएको उनले बताए। काठमाडौंमा मधेसी, किराँती सबैको ऐतिहासिक कालदेखि मधेशको छाप भएकाले मधेशी जनताले काठमाडौं मै अधिकार खोज्नुपर्ने उनको विचार थियो।

पुष्पकमल दाहाल प्रचण्ड को सम्बोधनका केही अंश

हामी नेपालको सार्वभौम अखण्डता, राष्ट्रिय एकता अक्षुण राखी संविधान जारी गर्ने संविधानमा भएको प्रस्तावनाको अंश पढ्दा गौरव लागेको छ।

झण्डै ६५ वर्षकेा विभिन्न संघर्षको कुल योगफलको जगबाट हामी आइपुगेको हौँ। सम्भवतः आज हामी दलको नेताको हैसियतले संविधानसभामा बोल्ने अन्तिम दिन हो।

जनताको निम्ति संविधान बनाइने सबैभन्दा वैज्ञानिक विधि र प्रक्रियामा ल्याउने सबै योद्दाप्रति सम्मान प्रकट गर्छु। उनीहरूको त्याग र बलिदानले नेपालमा पहिलो पटक संविधान जारी गर्ने कार्य सफल हुँदैछ।

संविधानसभामा पछिल्लो पटक २००७ साल वरपर यो विषय ओझेलमा परे पनि सबै राजनीतिक दल र नेपाली जनताको एजेण्डा बनाउने अवसर हाम्रो दललाई प्राप्त भयो। निकै ठूलो त्यागगरी यो सबैको साझा तात्कालीक मुद्दा बन्न पुग्यो र शान्ति प्रक्रिया हुँदै संविधान बनाउने मुद्दा बन्यो।

हामीले पहिलो संविधानसभाबाट संविधान बनाउन सकेनौं। अहिले पनि कतै नबन्ने हो कि भन्ने कालो बादल मडारिएको छ। धेरै किसिमकका चलखेल र षडयन्त्र देख्यौं। कतै नेपालका नेताहरु आफ्नै प्रतिज्ञामा निर्णय गर्न सक्षम छैनन् भन्ने शंकाको चिन्ता भयो। नेपाल आफ्नै नागरिकको निर्णयका आधारमा आफ्नो भाग्य निर्धारण गर्न सक्छन कि सक्दैन भन्ने प्रश्न उभिएको छ।

कोलको गोरू घुमेजस्तो चक्रव्यूहमा फस्ने हुन् कि भन्ने अवस्थामा छौं। उनीहरू गर्व महसुस गरेको र परिवर्तन चाहने कतै विफल हुने हुन कि भन्ने शंकामा हामीले १६ बुँदे सहमति हुँदै अधिकतम लचकता साथ यो अवस्थामा आइपुगेका छौं।

कार्ल माक्सले ‘मैले ड्रागनको दाँत रोपेको फल्ने बेलामा उपियाँ फल्यो’ भने जस्तै भयो। मैले युद्दका बेला जे रोपेको थिएँ, अहिले उपियाँ र झिँगा जस्तो फल आएको छ। तर पनि यो अग्नीपरीक्षाको क्षणमा हामी आफ्नो भविष्य निर्धारण गर्न सक्छौँ कि सक्दैनौं।

हामी २१ औ शताब्दीमा छौँ, १७ औं शताब्दीको सोच हुन सक्दैन। इतिहासप्रति गर्व गर्दै गर्दा आजको आवश्यकता विल्कुल फरक भएको कुरा विर्सनु हुँदैन। विश्व मानव जातिमा यो नयाँ छ। हाम्रो राष्ट्रिय एकताको आधार पुरानो हुन सक्दैन। हामी जसरी जाति, भाषा र संस्कृतिको मौलिक स्थितिमा यी सबैलाई उचित अवसर र मौका दिने मान्यतामा मात्रै अबको राष्ट्रिय एकता सम्भव छ। हिजोको जस्तो राजामहाराजबाट होइन।

हामी पूँजीवादी संस्कार र राजनीतिमा प्रवेश गर्दा निर्णायक रूपमा प्रवेश गर्‍यौँ कि गरेनौ त्यो अध्ययन हुने नै छ तर हामी वस्तुत एक युगबाट नयाँ युगमा प्रवेश गरेका हौँ। त्यसमा प्रसव पीडा, समाज, नागरिक समाजले पनि भोग्छन्। उनीहरु सबैले आफ्नो अस्तित्वका लागि टकराव हुनु स्वभाविक हो।

स्वतन्त्रता पश्चात भारत, अमेरिकामा के भयो? भारतबाट पाकिस्तान कसरी छुट्टियो? चीनमा कति ठूलो बलिदान भयो सबैलाई थाहा छ। तर कसैलाई मन परोस नपरोस् प्रकृति आफ्नो नियम अनुसार अघि बढेजस्तै समाज पनि आफ्नो नियम अनुसार नै अघि बढ्छ। नेपाल पनि अहिले झण्डै झण्डै त्यस्तै प्रसव पीडा आधुनिक, पुरातन र प्रगतिशिल शक्तिबीच अर्न्तविरोध चलेको छ। अन्तर्राष्ट्रिय र राष्ट्रिय स्वार्थ पनि तिब्र भएको छ। सबैका परम्परागत स्वार्थका लागि डगमगाउनु पनि स्वभाविक हो।

हामीले जनताको आत्मसम्मान दिन सक्यौँ कि सकेनौँ भन्ने चिन्ता छ। संविधानसभाबाट बारबार संविधान बन्दैन भनि जनता आन्दोलनमा छन्। थारु, मधेसी, जनजाति आन्दोलनमा पहिचान र अधिकार गुम्ने चिन्ताले हो। यसलाई गहिराइमा गएर नहेरी सच्चाइ आउँदैन। कतै त्यहाँ कसैले नेपाललाई भयानक दुर्घटनामा लैजाने र परिवर्तन समाप्त पार्ने चाहनाले त खेलेको छैन भन्ने कुरा र तत्व र प्रवृत्ति पनि सतर्क रहनु पर्छ।

हामीले सम्बोधन गर्नुपर्ने कुरा सम्बोधन गर्ने र गलत तत्व चिन्ने कुरामा गल्ती गर्नु हुँदैन।

हिजो शान्ति प्रक्रियामा आउने क्रममा हजारौँ जनताको बलिदानको स्मरण गर्दा संघीय लोकतान्तिक गणतन्त्र गर्भ गर्न लायक छ।

हिजो यही हलमा मंसिर ५ गते शान्ति सझौतामा हस्ताक्षर भएको छ। हिजो थारुहरु जस्ले बलिदान गरे उनीहरुको माग जायज छ अर्कोतर्फ संविधानसभा विफल हुन नदिन हरहालतमा संविधान बनाउन पर्छ भनिरहेका छौँ। महिला, दलित, कर्णाली, जनजाति सबैको अधिकार दिनु पर्छ भन्ने कुरामा सहमति छौ र संविधान बनाउन कांग्रेस एमालेसँग सहमति गर्नुपरेको छ।

 माघ ५ गते झण्डै झडपको अवस्था थियो। कांग्रेस र एमालेको दुईतिहाइ पुग्छ र हामीले अडान लिँदा देश थप संकटमा पर्छ भन्ने लाग्यो। हामीले त्यो बेला संघीयतासँग गासिएको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुन नसक्ने अवस्थामा हामीले सेक्रिफाइस गर्न तयार भयौं।

 मधेसमा आन्दोलन भइरहेको छ। एकातिर राज्यले दमन गर्‍याे भनिएको छ, त्यो देखिएको छ, अर्कोतर्फ प्रहरीलाई जिउँदै जलाउने काम भएको छ।

केही मधेसवादी दलका नेताले मधेसलाई अधिकार होइन स्वतन्त्र राज्य बनाउने कुरा गर्नु यो आत्मघाती र मधेसघाती हो र राष्ट्रघाती छ। यसले कतै लाँदैन। मधेसले काठमाडौसँग अधिकार खोज्ने हो छुटि्ने होइन। काठमाडौमा जनजाति, किरातकालमा पनि मधेशको योगदान छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: