×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणकाजी श्रेष्ठ भन्छन्, ‘अन्यथा एमाओवादी सरकारमा जाँदैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नारायणकाजी श्रेष्ठ भन्छन्, ‘अन्यथा एमाओवादी सरकारमा जाँदैन’

Artha Sarokar

२२ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

एनेकपा माओवादीमा दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले राजनीतिक रुपमा समस्या समाधान नभएसम्म एमाओवादी सरकारमा नजाने स्पष्ट पारेका छन् । नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हतारिएका बेला नेता प्रकाशको यस्तो धारणा सार्वजनिक गरेका हुन्ु ।

नेप्लिज समाचारसँग कुरा गर्दै उनले एमाओवादीले सरकार गठन हुन आठ आधार प्रस्तावका रुपमा राखेको र त्यो आधारमा सहमति हुन सकेमात्र पार्टी सरकारमा जाने जानकारी दिए । आफ्नो पार्टीको स्थायी समिति बैठक सकेर अध्यक्ष प्रचण्ड, महासचिव कृष्णबहादुर महरा, नेता गिरिराजमणि पोखरेल, शक्ति बस्नेतसहित नयाँ सरकार गठनबारे छलफल गर्न ओली निवास बालकोट पुगेका नेता प्रकाशले छलफल सकारात्मक भएको जानकारी दिए । बालकोटमा भएको भेटवार्तामा एमालेका तर्फबाट अध्यक्ष ओली, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, अग्नि खरेललगायत सहभागी थिए ।

नेता श्रेष्ठले आफूहरु ‘स्थायी समितिको निर्णय जानकारी गराउन’ ओली निवास पुगेको बताए । त्यसो त अध्यक्ष ओली र नेकपा मालेका अध्यक्ष सिपी मैनाली, जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताबीच पनि भेटवार्ता भएको थियो ।

सहमतीय नै हुनुपर्छः प्रकाश

एमाओवादीले प्रमुख दलबीच बिगतमा १६ बुँदे सहमति गर्दा भएको ‘भद्र सहमति’का आधारमा सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको छ । दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले विगतको सहमतिका आधारमा सरकार गठन प्रक्रियालाई अगाडि बढाउनुपर्ने र त्यसमा प्रमुख दलको सहभागिता हुनुपर्ने निर्णय गरेको हो ।

के के छन् आठ आधार ?

राष्ट्रिय स्वाधीनताको रक्षा र वैदेशिक हस्तक्षेपविरुद्धमा दृढ रहनु पर्ने, आन्दोलनरत मधेसी, जनजातिलगायत सबै पक्षको समस्या राजीतिकरुपमा सम्बोधन गर्नुपर्ने, भूकम्पले विपत्तिमा परेका जनतालाई राहत र क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्दै नवनिर्माणको अभियानमा व्यवस्थितरुपमा अघि बढाउनुपर्ने, मजदुर, किसान, दलित, उत्पीडित, सीमान्तकृत सबैको आवाज सुनेर सम्बोधन गर्नुपर्ने, संविधान कार्यान्वयनको प्रक्रियामा लैजाँदै राष्ट्र समृद्धितर्पm अघि बढ्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गरी जनजीविकाको सवालमा केन्द्रित हुनुपर्ने, आपूर्ति व्यवस्था सहज पारी सुशासनमा जोड दिनुपर्ने उल्लेख छ ।

एमाओवादीले यसैगरी शान्तिपूर्ण आन्दोलनरत पक्षलाई बल प्रयोग गर्न नहुने, सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग शान्ति सम्झौताको भावनाअनुरुप अघि बढाउनुपर्ने, द्वन्द्वकालका मुद्दा फिर्ता लिनुपर्ने र तत्कालिकरुपमा नाकाबन्दीबाट पर्न गएको असहज आपूर्ति सहज पार्दै दीर्घकालीनरुपमा सहज व्यवस्थापन गर्न वैकल्पिक उपाय खोज्नुपर्ने लगायतका शर्त राखिएको छ । बैठकले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई सहजरुपमा कार्यान्वयन गर्न पनि प्रमुख दलको सहमति र सहकार्य हुनु आवश्यक रहेको भन्दै बहुमतीय प्रक्रियाले अगाडि बढ्दा मुलुकको हित नहुने निष्कर्ष निकालेको बताइन्छ ।

बैठकले प्रमुख दलबीच भएको विगतको सहमतिलाई आधार मानेर सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको नेता प्रकाशले बताए । राष्ट्रिय आवश्यकता र चाहनालाई सम्बोधन गर्न, बहुमतीय प्रक्रिया भित्र पनि सहमति प्रक्रिया अगाडि बढाउनुपर्नेमा आफूहरुको धारण रहेको उनको भनाइ छ । ‘काँग्रेस र एमाले मिलेर सहमतिमा आए हामीलाई अझ राम्रो, हामी उनीहरुलाई साथ दिन्छौँ,’ प्रकाशले भने, ‘सरकार गठनको विषयमा प्रमुख दलसँग द्विपक्षीय र बहुपक्षीय छलफल गरी सहमतिलाई जोड दिनुपर्छ, संविधान जारी गर्ने अन्तिम अवस्थासम्म सँगै रहेका र केही प्राविधिक कारणले बाहिरिएका पक्षलाई समेटेर संविधान क्रियान्वयन गर्नु अहिलेको आवश्यकता हो, सकेसम्म सबै पक्षलाई समेट्न पर्छ ।’

विजयकुमार गच्छदारलाई सरकार गठनमा अलग्याउनै नहुने उनको तर्क छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी