×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली पूँजी वजारमा भ्याट आतंक :- ‘वाख्राले हरियो घाँस मात्र देख्छ, खुकुरी देख्दैन’

PRIME CA

नेपाली पूँजी वजारमा भ्याट आतंक :- ‘वाख्राले हरियो घाँस मात्र देख्छ, खुकुरी देख्दैन’

२१ असार २०७४, बुधबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • नवराज घिमिरे : लगानीकर्ता / विश्लेषक 
केही दिन देखी नेपाली पूँजी वजारमा सरकारले एक किसिमको आतंक नै मच्चाएको छ । काहीँ नभएको जात्र हाडी गाँउमा भने झै संन्सार भरि नभएको नियम नेपाली पूँजी वजारमा भित्र्याएर एक किसिमको कोकोहोलो मच्चाउने काम सरकार पक्षवाट भैइ रहेकोछ । 
गत विहिवारको घटना पश्चात के अनुभव गरियो भने यो २० खर्व भन्दा वढीको पूँजी वजार र ८ लाख भन्दा वढी प्रत्यक्ष संलग्न लगानीकर्ताको चिरहरण गर्ने काम ५० वटा व्रोकरले गरे । यसो गरि रहदा सरकार मुकदर्शक मात्र वनेन् उल्टै उनिहरुको वुई चढेर हामि लगानीकर्ताको टाउकोमा प्रहार गर्ने काम गर्यो । 
नजिकिदै गरेको असार मसान्त लाई लक्षित गरेर हामि मध्य केही लगानीकर्ताले सेयर विक्री गरेर वैंक/फाइनान्सको हिसाव मिलाउनु पर्ने वाध्यात्मक परिस्थिती लाई वेवास्था गर्दै सेयर व्रोकरहरुले यो वजारलाई आफ्नो मुठीमा लिए । ‘काटन आँटेको वाख्राले हरियो घाँसमात्र देख्छ खुकुरी देख्दैन’ भनेझै कत्तिन के के न गर्छु भनि लगानीकर्ता संघ अगि सर्हो तर विडम्वना हात्ती आयो हात्ति आयो फुस्सा भने झै भयो । 
लगानीकर्ता संघले गत विहिवार नगरेको होइन खुव गर्न खोजे जस्तो गर्यो । सम्पूर्ण लगानीकर्ता लाई नेप्सेको कार्यालयमा उपस्थितीको लागी ह्युप जारि पनि गर्यो । तत् पश्चार दुई चार पटक नै सिहदरवार गेटको वाहिर भित्र पनि गर्यो । अन्तिममा सरकार सामु लम्पसार परेर वाहिरियो । 
यदी लगानीकर्ता संघ लगानीकर्ता मैत्री हुने हो भने यो VAT को अडामा एक इन्च पनि पछी हटनु हुदैन । तर त्यस्तो हुन नसकेको गुनासो हामि लगानिकर्ताले घरि घरि उठाई रहनु पर्ने किन हुन्छ ? यदी लगानीकर्ता संघ सक्रिय छ भने सिहदरवार टेकेर मात्र फर्किने होईन टेवुल ठोकनु पर्छ चाहे त्यो टेवुल किन न फुटोस । संसारमा कहीँ नभएको भ्याट अंतक अन्तत्वगत्वा लगानीकर्ताको टाउको थोपर्ने तर्फ लगानीकर्ता संघ अगाडी वढनु हुदैन ।
गत विहिवार वाट कारोवार रकममा सुस्तता आएको छ । यसवाट सरकारलाई दैनिक करोडौ रकम घाटा भएको तर्फ कसैको ध्यान गएको देखिदैन । अर्को रोचक पक्ष त के छ भने अहिले व्रोकर संग सरकारले TDS लिइ रहेको छ उक्त रकम हटाएर VAT लागु गर्दा ऊल्टै सरकारलाई केही रकम घाटा हुने तथ्यांक सार्वजनिक भैई सकेको छ । 
यदी सरकारले VAT लगाएरै छाडने हो भने , मैले वुझेको VAT यस्तो कर हो जुन अन्तिम उपभोक्ताले तिर्नु पर्दछ। अर्को कुरा सेयर बजारमा अन्तिम उपभोक्ता को हो भन्ने छुट्टिदैन । हामी लगानीकर्ताले सेयर किन्छौ पुन: नाफा खाएर वा कैले कैले घाटामै पनि सेयर बेच्छन ( त्यो खरिद बिक्री को चार दिन पछी अथवा महिना/बर्ष पछि) जुन पनि हुन सक्छ । यस्को मतलब जब हामी सेयर बेच्छौ हामिले किन्दा तिरेको VAT बेच्दा return हुनु पर्दछ। मैले भन्न चाहेको र बुझेको पनि VAT को बारेमा यही हो। 
यस तर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: