×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकमा भ्याकेन्सी छ, जागिर छैन ! कर्मचारीको आवश्यकता नाटक मात्रै, भित्रभित्रै सुटुक्क लाग्छ जागिर !

PRIME CA

सिभिल बैंकमा भ्याकेन्सी छ, जागिर छैन ! कर्मचारीको आवश्यकता नाटक मात्रै, भित्रभित्रै सुटुक्क लाग्छ जागिर !

२० श्रावण २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < ४ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – सिभिल बैंकमा जागिर खुलेको छ । काठमाण्डौ र बाहिरका जिल्लामा काम गर्ने कर्मचारी भन्दै बैंकले मेनेजमेन्ट ट्रेनीतर्फ १० जना तथा ट्रेनी असिस्टेन्टतर्फ ४० जना कर्मचारी माग गरेको छ । २० देखि ३० वर्ष उमेर समूहभित्र पर्ने व्यवस्थापन, अर्थशास्त्र, बित्त, बैंक वा बिमा सम्बन्धी तथा अन्य सम्बन्धित बिषयमा स्नातकोत्तर गरेको र कामको कुनै अनुुभव नभएकाले समेत म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिन सक्ने बैंकले बताएको छ । यस्तै बैंकले प्लस टुु उत्तीर्ण गरेका १८ देखि २३ वर्ष उमेर समूहकाले ट्रेनी असिस्टेन्ट पदमा आवेदन आह्वान गरेको छ । तपाईंले पनि सिभिल बैंकमा जागिर खाने सपना बुन्नु भएको छ भने एक पटक राम्रोसँग बुझ्नुहोस्, राम्रो काम गर्ने भन्दापनि पावर हुनेहरुका लागि मात्रै यो भ्याकेन्सी खोलिएको बुझिएको छ । 
अर्थ सरोकार डटकमलाई सिभिल बैंककै एक उच्च तहका कर्मचारीले दिएको जानकारी अनुसार कसैको ज्याक लगाउने ठाउँ नभए सिभिल बैंकमा यो जागिर खाने निकै गाह्रो छ । ‘बैंकमा जागिर खान योग्यतामात्र भएर पुग्दैन । कसैकोपनि पावर नलगाए जागिर खान असम्भव छ ।’ बैंकका एक उच्च तहका कर्मचारीले भने । उनी अगाडी भन्छन्, ‘बैंकमा जागिर खानेहरुमध्ये अधिकांस कसै न कसैको पावर लगाएरनै आएका छन् । यसपालीपनि कसैको पावर नलगाए बैंकमा जागिर सम्भव छैन । हुन त सबैजसो बैंकमा त्यहिनै हो । मर्जरले बैंकका कर्मचारी धेरैलाइ बेरोजगार बनाएपछि यस्तो समस्या झन् बढेको हो । 
योग्य भएपनि सिफारिस नभई हुँदैन 
सिभिल बैंकको उच्च स्रोतले दिएको जानकारी अनुसार बैंकले कर्मचारी राख्नकालागि लिएको लिखित परीक्षामा जस्तोसुकै राम्रो गरेको भए पनि सिफारिस राम्रो नभए जागिर खाना निकै गाह्रो छ । ‘लिखितमामात्र राम्रो भएर हुँदैन । लिखितमा राम्रो भएपनि अन्तर्वार्तामा बिनाकारण फालिन्छ । लिखितमा नारार्मो भएपनि बरु पावर राम्रो छ भने बैंकमा जागिर पक्का हुन्छ । अहिले ग्रोथ सेलर नामक कम्पनीलाई यसको भ्याकेन्सी उपर काम गर्ने गरी अधिकार दिइएको छ । तर यो सब औपचारिकता मात्र हो । बैंकमा जागिर पाउन र त्यसमा पनि सिभिल बैंकमा जागिर पाउन र त्यसमा पनि गोविन्द गुरुङ सीइओ भएपछि त बैंकमा पावर नभई हुँदै हुँदैन ।’ सिभिल बैंकका एक अर्का कर्मचारीले भने । आफुपनि पावरकै भरमा जागिर खान आएको स्वीकारेका उनले कसैको पनि ‘ज्याक’ नलगाए बैंकमा जागिर खान निकैनै समस्या हुने गरेको बताए । 

कसको पावर बढी लाग्छ ?
बैंककै कर्मचारीले दिएको जानकारी अनुसार सबैभन्दा राम्रो पावर भनेको नेपाल राष्ट्र बैंकका कमर्चारीहरुको हो । ‘अहिले बैंकको वित्तीय अवस्था निकैनै कमजोर छ । नेपाल राष्ट्र बैंकका केहि पदाधिकारीहरुसंगको राम्रो सम्बन्धका कारणमात्र बैंक बचेको छ । भित्रभित्रै खोक्रो बनेको बैंकलाइ कुन दिन नेपाल राष्ट्र बैंकले कस्तो कार्वाही गर्ने हो, पत्तो छैन । त्यसैले नेपाल राष्ट्र बैंकका कुनै पदाधिकारीहरुलाई भन्यो भने बैंकमा जागिर पक्का हुन्छ ।’ उनका अनुसार नेपाल राष्ट्र बैंकबाट सुपरभिजनका लागि आउने कर्मचारी वा राष्ट्र बैंकका कुनै अधिकृत तहका कर्मचारीले भनेको खण्डमा सजिलै बैंकमा जागिर लाग्छ । ‘पावर छैन भने त बैंकमा आवेदननै नदिए हुन्छ ।’ उनले भने । 

नेताको पावरमा सुटुक्क लाग्छ जागिर, एमाले निकट नेताको बढी प्रभाव !
सिभिल बैंककै कर्मचारीले दिएको जानकारी अनुसार नेपाल राष्ट्र बैंकपछी सबैभन्दा बढी पावर बैंकमा एमाले निकट नेताको लाग्छ । ‘हुन त नेताको पावर लाग्छ नै, त्यसमाथि पनि एमाले निकट नेताहरुको पावर बढी लाग्छ बैंकमा । एमाले निकट नेताहरुको कुरा सीइओदेखि एचआरसम्मले सुन्ने भएकाले बैंकमा नेकपा एमालेको पावर बढी लाग्छ । इक्षाराज तामाङलाई समातियो भने त झन् जागिर फरक नै पर्दैन । ‘ उनका अनुसार एमालेको ठुलै नेतालाई भन्न सके लिखितमा राम्रो गर्नुपनि पर्दैन । अन्तर्वार्तामा त एमालेको ठुलै पावर लगाएर आएको भनेपछि खासै प्रश्न पनि सोधिदैन । कतिपय अवस्थामा त नेताको पावर लगाएको भनेपछि बैंकमा अन्तर्वार्ता वा लिखितपनि दिनु पर्दैन ।’ उनले भने । 
उस्तै हुन्छ ‘थर्ड क्लास’ बार्गेनिङ
‘बैंकमा पावरकै भरमा छिरेरमात्र पनि हुँदैन, बैंकको बार्गेनिङ स्टाइल पनि निकै तल्लो तहको छ ।’ एचआर विभागका अर्का एक कर्मचारी भन्छन्, ‘बैंकमा जागीर खान सुरुमा त राम्रो सिफारिसनै चाहिन्छ । त्यसपछि राम्रै बार्गेनिङपनि गर्नुपर्छ । तलव सुविधाको हकमा सिभिलमा त्यति राम्रो अवस्थापनि छैन । पावर नभई जागिर पाइदैन, पावरका भरमा आएकाहरु राम्रा हुन्छन् भन्नेपनि छैन । त्यसैले बार्गेनिङ अलि तल्लो तहमै गएर हुनु स्वाभाविक पनि हो ।
यो पनि पढ्नुहोस् : 
    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: