
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- प्लस टुको परिक्षा सकिएसँगै सिए बन्ने सुनौलो सपना बुन्दै विभिन्न कोचिङ सेन्टरमा धाउने विधार्थीहरुको क्रम बढ्दो छ । तर कुन इन्स्टिच्युटमा पढ्ने ? कुन इन्स्टिच्युटहरुको नतिजा कस्तो छ ? कुन इन्स्टिच्युटहरुको पढाइ कस्तो छ ? कुन इन्स्टिच्युटमा पढाउने शिक्षकहरु कस्ता छन् ? कतै तपाइले भर्ना गर्ने सिए इन्स्टिच्युटको व्यवस्थापन कमजोर त छैन ? सिए पढ्नुअघि बिधार्थीले यस्ता विषयहरुमा विधार्थीले ध्यान दिन जरुरी छ ।
कोचिङ सेन्टर छान्नुअघि यी कुरामा ध्यान दिनुहोस् है !
सिएका बारेमा तपाईं कुनै पनि सिए इन्स्टिच्युट जानुभयो भने प्राय : तपाईंलाई आफ्नो इन्स्टिच्युटको बारेमा वा सिएका बारेमा राम्रो पक्षको मात्र काउन्सिलिङ गरिन्छ । पढ्नुअघि सिए भईसकेका वा सिए पढिरहेका विधार्थीहरुसंग राम्रो परामर्श लिनुहोस् । परामर्श लिंदा एकभन्दा बढी व्यक्तिसँग लिंदा तपाईको निर्णय अझ राम्रो बन्न सक्छ । सिए नै सबथोक हो भन्ने खालको काउन्सिलिङमा नलाग्नुहोस् । सिए गाह्रो छ भने कुरा दिमागबाट हटाउनुहोस् तर सजिलो पनि छैन है भन्ने कुरा चाहिं नबिर्सिनुहोस् ।
कुनैपनि कोचिनङ सेन्टरमा भर्ना गर्दा त्यसबारे राम्रोसँग बुझ्नुहोस् । हुन त पढ्ने विधार्थीले नै हो, तर पनि कतिपय ठाउँमा विधार्थी राम्रो हुँदाहुँदै पनि इन्स्टिच्युटको कमजोरीका कारण बिधार्थी फेल भएका प्रशस्त उदाहरणहरु छन् । यस्ता कुराहरुमा ध्यान दिनुहोस् । बजारमा आफुकहाँ पढ्दै नपढेको विधार्थीलाई पास भएकोमा बधाई दिने इन्स्टिच्युटहरु पनि छन् । सिए पढाउँछु भन्ने तर लोकसेवाका कक्षाहरुलाई प्राथमिकतामा राखेर विद्यार्थीको पढाइमाथि ठाडो खेलबाड गर्नेहरु पनि छन् । आफ्नो पढाई राम्रो हुँदाहुँदै पनि ब्यबस्थापनले कक्षाहरु राम्रोसँग संचालन नगर्ने समस्या कतिपय इन्स्टिच्युटहरुमा छ, त्यस्ता इन्स्टिच्युटहरुको पछी नलाग्नुहोस्।
तपाईको पढाइको कदर गर्दै कसैले डिस्काउन्ट दिन्छ भने त्यो राम्रो कुरा हो, तर धेरै डिस्काउन्ट दिएकै आधारमा कुनै पनि इन्स्टिच्युटमा नबुझी हाम नाफाल्नुहोस् । तपाईंले भर्ना गर्न लागेको इन्स्टिच्युटहरुको नतिजा बारे केलाउनुहोस् । यदि नयाँ इन्स्टिच्युट हो भने, कस्तो ब्यबस्थापनले इन्स्टिच्युट खोलेको हो बुझ्नुहोस् । रङ्गिन प्रोस्पेक्टस् वा मिठा गफको पछाडी पनि नलाग्नुहोस् । आईक्यानसँग जोडिएका विभिन्न व्यक्ति वा पधाधिकारीहरुको नाम बेचेर तपाइँलाई गलत काउन्सिलिङ गर्नेहरु पनि बजारमा प्रशस्त छन्, त्यस्ता काउन्सिलिङको पछाडी कहिल्यै नलाग्नुहोस्।
बजारमा आईक्यानबाट सम्बन्धन प्राप्त सिएको ट्युसन पढाउने संस्थाहरु पनि छन् । यी ट्युसन प्रदायकहरुबीच पनि सबैको कुरा सुन्नुहोस् तर निर्णय आफैंले सोचेर लिनुहोस् । बिगतमा ‘भ्रमपूर्ण’ जानकारी सार्वजनिक रुपमा ल्याएर बिधार्थीको आँखामा छारो हाल्ने इन्स्टिच्युटहरु पनि यहि सम्बन्धन लिने संस्थाहरु भित्रै छन् । सचेत रहनुहोस् । इन्स्टिच्युटको नतिजाका बारेमा राम्रोसंग बुझ्नुहोस् ।
कोचिङ सेन्टरहरुमध्ये कुन उत्तम, कुन खत्तम ?
काठमाडौँमा अहिले कोचिङ सेन्टर छान्न त्यति गाह्रो छैन । किनकि धेरै कोचिङ सेन्टर बन्द भइसकेका छन् । अहिले काठमाडौँको बानेश्वरमा रहेको प्राइम सिए, पुतलीसडकमा रहेका एओसी, सीसीएमए, सीमा, गुरुकुल सिए र शंखमुलमा रहेको चैतन्य सिएमा सिएको पढाइ हुन्छ । यीमध्ये सबैभन्दा बढी चलेका दुई नाम प्राइम र एओसी हुन् । त्यसपछि सीसीएमए र सिमा राम्रा इन्स्टिच्युटमध्ये पर्छन् । नयाँ बानेश्वरमा पढ्ने हो भने निर्विकल्प प्राइम सिए पढ्दा हुन्छ । पुतलीसडकमा पढ्ने विद्यार्थीका लागि एओसी, सीसीएमए, सिमा र गुरुकुल विकल्पमा छन्। नतिजाको हिसावमा एओसी सबैभन्दा अब्बल छ । तर एओसी तुलनात्मक रुपमा महँगो छ । सीसीएमए र सिमा इतिहास बोकेका कोचिङ सेन्टरहरु हुन् । विद्यार्थीलाइ यी दुई इन्स्टिच्युटमा पढ्दा फाइदा नै हुन्छ । गुरुकुल सिए छोटो समयमा प्रगति गरेको र राम्रो नतिजा ल्याएको अर्को सिए इन्स्टिच्युट हो । सिएको पहिलो तह क्याप वान गुरुकुलमा पढ्दा पनि राम्रो हुन्छ ।
माथि उल्लेखित कोचिङ सेन्टरमध्ये तुलनात्मक रुपमा सबैभन्दा कमजोर कोचिङ सेन्टर भनेको शंखमूलको ओरालोमा रहेको चैतन्य सिए हो । यो संस्थाले बढी लोकसेवा आयोगको कक्षामा ध्यान दिंदा विद्यार्थीहरु आफु पीडीत बनेको भन्दै अन्य सेन्टरहरुमा ट्युसन पढीरहेको तथ्य पटक पटक फेला पर्ने गरेको छ । यसो त शिक्षकहरुलाई समयमा पारिश्रमिक नदिएर बदनाम भएको यो संस्थामा पढीहाल्नुहोस् भन्न सक्ने स्थिति छैन । बजारमा नाम चलेको सिए रञ्जित कुमार यादवको नाम बेचेर विद्यार्थी बटुल्ने काम गरेको यो संस्थाबारे के बुझ्न जरुरी छ भने यादवको आफ्नै आइपीए नामक ट्युसन सेन्टर छ ।
अर्को महत्वपूर्ण कुरा भनेको थुप्रै विद्यार्थीहरुलाई ठगेर अहिले केहि संचालकहरु भागीरहेका एसबीबीआर कुनैबेला चलाएको टिमले चलाएको संस्था हो यो । लोकसेवा आयोगका कक्षाबाट बार्षिक करोडौं रुपैयाँ उठाउने र सिए कक्षामा निरन्तर घाटामा गइरहेको यो संस्थाले कुनै पनि बेला सिएका कक्षा बन्द गर्न सक्छ । यसै पनि संस्थाका हस्तीका रुपमा चिनिएका गणेश राज जोशी आफ्नो संस्थामा सिकारुहरुले पढाउने कुरा समेत खुलाउन पछि परेका छैनन् । त्यसैले चैतन्यमा पढ्दा चाहिं पढाइभन्दा अरु कुराहरुमा पनि तनाव हुन्छ भन्ने कुरामा मानसिक रुपमा तयार भएर पढ्नुपर्छ । यो संस्थाका केहि कर्तुतहरुबारे हामी आगामी अंकमा प्रस्तुत गर्दैछौं ।
काठमाडौँमा रहेका अन्य कोचिङ सेन्टरहरु ‘भारेभुरे’ टाइपका हुन् । अरु कोचिङ सेन्टरमा पढ्दा विशेष ख्याल गर्नुहोस् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्