×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतका किसानहरुको आन्दोलनले छिमेकी मुलुकका किसानहरुलाई पनि मिल्यो प्रेरणा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतका किसानहरुको आन्दोलनले छिमेकी मुलुकका किसानहरुलाई पनि मिल्यो प्रेरणा

२४ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भारत । भारतमा नयाँ कृषि नियमविरुद्ध किसानहरुको आन्दोलनले छिमेकी मुलुकमा किसानहरुलाई प्रेरणा दिईरहेको छ । भारतमा नयाँ कृषि नियमविरुद्ध लामो समयसम्म जारी किसानहरुको आन्दोलनले विश्वकै ध्यान तानेको छ । छिमेकी मुलुक पाकिस्तानका किसानहरुले पनि भारतीय किसानहरुमाथि सहानुभुति देखाएका छन् । भारत सरकारको नयाँ नियमले विपन्न किसानहरु माथि कठोर कदम दर्शाएको टिप्पणी गरिएको छ । यो नीतिले कृषि उत्पादनमाथि तोकिएको मुल्य सुरक्षा भत्काउने योजना रहेको बताईको छ । सामान्यतया कृषि नियमले कुनै पनि किसानले जो कोही लाई आफ्नो ईच्छा अनुसार मुल्य तोकेर सामान बिक्रि गर्न अनुमति दिएको हुन्छ ।
भारतमा किसानले गत नोभेम्बर यता सरकारको कृषि नियमविरुद्ध आन्दोलन गरिरहेका छन् । तर भारतीय नीति निर्माताहरुले भने यो नीतिले किसानहरुको आय वृद्धि गर्ने र धेरै ग्राहकहरुलाई सामाग्री बेच्न सक्षम बनाउने दाबी गर्दै आएका छन् । किसान र सरकारबीच वार्ताहरु जारी रहेपनि यो समस्या समाधान हुने कुनै छाँटकाँट देखिएको छैन र किसानहरु नयाँ दिल्ली सीमामा बसेर धर्ना दिईरहेका छन् । भारतमा यो कदमका लागि किसानहरुले विश्वस्तरबाट नै समर्थन पाईरहेका छन् । छिमेकी मुलुक पाकिस्तानमा पनि किसानहरुले यस्तै समान समस्या भोगीरहेका छन् । तर भारतीय किसानहरुले जस्तो सरकारको प्रतिरोध गर्न असफल भइरहेका छन् ।
भारतमा जस्तै पाकिस्तानको अर्थतन्त्रमा विशेषगरि ग्रामीण क्षेत्रमा कृषिको महत्वपूर्ण भुमिका रहेको छ । सरकारको तथ्यांक अनुसार पाकिस्तानमा कुल ग्राहस्थ उत्पादनको १८ दशमलव ९ प्रतिशत कृषिले ओगटेको छ, त्यस्तै ४२ दशमलव ३ प्रतिशत श्रमशक्तिको जनजीवन कृषिमा नै निर्भर छ । तर भारतको विपरित पाकिस्तानमा ठुला भूमि धनीहरुले राज्य नीतिमा प्रभाव जमाई कृषि क्षेत्र नियन्त्रण गर्ने गरेको पाईन्छ । साना तथा मझौला मात्रामा भूमी नियन्त्रण भएका किसानहरुको कुनै प्रभाव छैन । सरकारको सहकार्य र समर्थन नभएका कारण पनि पाकिस्तानमा किसानहरुले समस्या भोग्नुपरेको पाकिस्तान किसान ईत्तेहाद समूहका प्रमुख खालिद महमुद खोखरले बताए ।
भारतीय किसानहरुले भन्दा पाकिस्तानी किसानहरुले धेरै समस्या भोगीरहेको उनले थपे । कोभिड १९ महामारिको समयमा प्रधानमन्त्री इमरान खानले विभिन्न क्षेत्रमा सहयोग कोष खडा गरेको र कृषि क्षेत्रलाई ६३ अर्ब रुपैँया छुट्टाएको तर त्यो कोषको एक रुपैयाँ पनि किसानहरुले देख्न नपाएको खोखरले गुनासो गरे । पाकिस्तानमा कृषि उत्पादन खर्च वृद्धि भईरहेको तर सरकारले भने किसानहरुलाई सस्तो मुल्यमा उत्पादन बेच्न लगाएको कारण कृषिमा समस्या आएको प्रमुख खोखरले बताए । यो हिसाबले कृषि क्षेत्र दिगो नरहने पनि उनले चेतावनि दिए । पाकिस्तानमा कृषि क्षेत्र खस्किदै गएको कृषि पत्रकार सइद मुघल बताउँछन् ।
धेरै लामो समयसम्म कपास निर्यात कर्ता बनेको पास्तिानले हाल कपास आयात गरिरहेको अवस्थामा रहेको उनले बताए । पाकिस्तानमा किसानलाई सरकार विरुद्ध आन्दोलन चर्काउन पनि सजिलो छैन । गत नोभेम्बरमा लाहोरस्थित किसानको आन्दोलनमाथि सुरक्षाकर्मीको कारबाहीमा एकको ज्यान गएको थियो । भारतमा किसानको आन्दोलनलाई स्थानीय समुदायहरुले पनि साथ समर्थन दिने, तर पाकिस्तानमा त्यस्तो अवस्था नभएका कारण पनि आफ्नो माग पुरा गर्न नसकिने अवस्था रहेको खोखरले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: