Skip to content
LAXMI SUNRISE BANK

‘८४ सम्म त युवा नै देशमा नरहने भए, अव, मिसन देशमै केहि गरौँ सुरु गर्ने बेला भएन र ?’ (सम्पादकीय)

अर्थ सरोकार

पछिल्लो तथ्यांकअनुसार गत असोज महिनामा मात्र ५६ हजार युवाले देश छोडेका छन् । जन्मेदेखि १२ कक्षा पास भएसम्म नेपालले लगानी गरेको पुस्ता जव सक्षम हुन्छ, काम गर्न सक्ने हुन्छ, देशलाई काम लाग्ने हुन्छ, तव ती युवा पासपोर्ट बनाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै विदेश लागिरहेका छन् । कति रहरले, कति बाध्यताले युवाहरु देश छोडीरहेका छन् ।

र, अर्को निर्मम सत्य यो पनि हो कि बरु खाडी पुगेकाहरु देश फर्कनेवाला छन् अमेरिका अष्ट्रेलिया जानेहरुमध्ये निकै कम मात्र देश फर्कने वाला छन् । यो कठोर सत्यका बीच तथ्यांकले भन्छ एक बर्षमा १० लाख हाराहारी विदेश गईरहेका छन्, त्यसमध्ये अधिकांशले नफर्कने गरी देश छोडेका छन् ।

यहि हिसाबले हेर्ने हो भने अवको अर्को निर्वाचन अर्थात मिसन २०८४ सम्म यो देशमा युवाहरुको संख्या नगन्य हुने देखिएको छ । यसले स्पष्ट सन्देश दिएको छ कि अव यो देशमा युवा निकै कम हुनेछन् । पढेलेखेकाहरु सोहि अनुसारको काममा विदेशमा हुनेछन् अनि नपढेकाहरु खाडीमा हुनेछन् । जो जहाँ भए पनि देशमा युवा रहनेछैनन् । यो दशैँको मुखमा मात्रै नेपालबाट करिब ५६ हजार युवाहरु विदेशिएका छन् । भदौमा पनि सोही हाराहारीमा युवाहरु विदेशिएका थिए ।

दैनिक सयौँ र मासिक रुपमा लाखौँ युवाहरु बेरोजगारीका कारण विदेश पलायन भइरहेको तितो यथार्थताका बीच यता विभिन्न राजनितिक दलका नेताहरु भने ‘मिसन ८४’ भन्दै हिँडिरहेका छन् । तर, २०८४ सम्म देशमा युवाहरु रहन्छन् वा रहँदैनन् भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ ।

यही स्थिति रहे २०८४ सम्म अधिकांश युवा विदेशमा रहने संकेत देखिएको छ । अनि मिसन ८४ भन्ने नेता हो, आखिर युवा नै नरहे, कसका लागि राजनीति गर्छौ, त्यसैले मिसन चौरासी होइन, मिसन देशमा बसौँ, मिसन देशमै केहि गरौँ, आजैबाट सुरु गरौँ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK