×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुस मसान्त नजिकिँदै गर्दा फोन पेमा फेरि समस्या, पैसा भुक्तानी अड्किँदा ग्राहक तनावमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पुस मसान्त नजिकिँदै गर्दा फोन पेमा फेरि समस्या, पैसा भुक्तानी अड्किँदा ग्राहक तनावमा !

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फोन पेमा फेरि समस्या देखिएको छ । बिहीबार बिहानैबाट फोन पे र फोन पे आवद्ध विभिन्न बैंकहरुमा भुक्तानीमा समस्या देखिएको हो । फोन पेको क्युआर स्क्यान भइसकेपछि लामो समय कारोबार प्रक्रिया अगाडि नबढ्ने र अन्तिममा धेरै समय लाग्यो भन्ने मेसेज आइरहेको देखिएको छ । 

पुस मसान्त नजिकिँदै गर्दा फोन पेमार्फत व्यवसायिक कारोबार गर्नेहरु समस्यामा परेका छन् । बाँकी बक्यौता तिर्न, कर तिर्न, लगायतका काम रोकिँदा ग्राहक मर्कामा परेका हुन् । चौतर्फी गुनासोपछि हामीले पनि फोन पेमार्फत भुक्तानी गर्न खोज्दा भुक्तानी नभएको पुष्टि भयो । सबैभन्दा बढी कारोबार हुनुपर्ने बेलामा नै फोनपेमा समस्या आउँदा कनेक्ट आइपिएसमा बढी लोड परेको छ ।

फोन पे र फोन पेको भगिनी संस्था इसेवामा पनि पछिल्लो समय एकपछि अर्को समस्या आइरहेको छ । कहिले कारोबार नै नहुने, कारोबारमा विभिन्न कैफियत देखिने लगायतका समस्या आएपछि ग्राहक मर्कामा परेका छन् । 

यति हुँदा पनि फोन पेले न सार्वजनिक सूचनामार्फत ग्राहकलाई सुसूचित गरेको छ, न यस विषयमा बोल्न चाहिरहेको छ । बिहीबार देखिएको समस्याबारे पनि फोन पे बोल्न मानिरहेको छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी