×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

Artha Sarokar

२८ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुष २६ गते ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौँको सभाहलमा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०८०-०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आव २०८१-०८२ को लागि श्री पिएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, लगायतका सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी