×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Artha Sarokar

१५ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रारा समाजको आयोजनामा काठमाडौँस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयमा अन्तरक्रिया गरेका थिए । 

उनले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र पारदर्शिता अत्यन्त जरुरी रहेको कुरामा जोड दिएका थिए । साथै, उनले आफ्ना अनुभवहरू सुनाउँदै, शैक्षिक गुणस्तर सुधारका लागि नवीन सोच र नियमित संवाद आवश्यक रहेको बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नेपालको शैक्षिक विकासमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूको महत्व औँल्याउँदै, शिक्षा क्षेत्रलाई सबल बनाउन सबै तह र तप्काको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । 

कार्यक्रमको अध्यक्षता रारा समाजका अध्यक्ष नेत्र मल्लले गरेका थिए भने कार्यक्रमको सञ्चालन भुपेन्द्र मल्लले गरेका थिए । सो अवसरमा रारा समाजले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै घनश्याम पाठकलाई विशेष सम्मान समेत गरिएको थियो । कार्यक्रममा शिक्षक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी