काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद्हरुले चर्को नाराबाजी गरेका छन् ।
संसद्को गतिरोध हटाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षि दल माओवादी केन्द्रबीच सहमति भएपछि शुक्रबार ढिलो गरी संसद् बैठक सुरु भएको थियो । तर, बैठक सुरु हुनेबित्तिकै रास्वपासहित विपक्षी दलका सांसद्हरुले उठेर संसद्मा अवरोध गरेका छन् ।
सांसद्हरुको अवरोधकैबीच सभामुख देवराज घिमिरेले विपक्षी दलको नाराबाजीलाई पेलेरै बैठक अघि बढाएका छन् । उनले बैठकमा गहृमन्त्री रमेश लेखकलाई आफ्नो धारणा राख्न समय दिएका छन् ।