×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकम र एनसेललाई घाटा भएपछि फ्रि वाइफाइमाथि कडाइ गरिँदै, जथाभावी फ्रि वाइफाई छोडे कारवाही गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल टेलिकम र एनसेललाई घाटा भएपछि फ्रि वाइफाइमाथि कडाइ गरिँदै, जथाभावी फ्रि वाइफाई छोडे कारवाही गरिने !

Artha Sarokar

१३ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले फ्रि वाइफाईमाथि कडाइ गर्ने संकेत देखाएको छ । मोबाइल सेवा प्रदायकको आम्दानीमा दिनप्रतिदिन गिरावट आउन थालेपछी सरकारले फ्रि वाइफाइमा कडाइ गर्ने तयारी गरेको हो ।

हाल इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकले देशभर २५ हजार भन्दा धेरै ठाउँमा फ्री वाईफाइ हटस्पट छोडेको छ । 

तर, यस्तो फ्रि वाइफाईका कारण नेपाल टेलिकम र एनसेलको डेटा खपतमा असर परेको भन्दै सेवाप्रदायकबाट गुनासो आएपछि नेपाल दुरुसञ्चार प्राधिकरणले जथाभावी वाइफाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । 

हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ का प्रावधानविपरीत केही सेवा प्रदायकहरूले वाइफाई हटस्पट सञ्चालन गरेको भन्दै प्राधिकरणले चेतावनी दिएको हो । प्राधिकरणले जारी गरेको सूचनाअनुसार आधारभुत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभुत टेलिफोन सेवाको अनुमति पाएका सेवा प्रदायकहरूले मात्रै वाइफाईको माध्यमबाट सिमलेस कनेक्टिभिटी/रोमिङ/मोबिलिटी प्रदान गर्न सक्नेछन् । 

तर, यीबाहेक अन्य लाइसेन्स प्राप्त सेवा प्रदायकहरूले हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ ले तोकेका शर्तअनुसार मात्रै वाइफाई हटस्पट सेवा सञ्चालन गर्न प्राधिकरणले सचेत गराएको छ । प्राधिकरणबाट आधारभुत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमले मात्रै पाएको छ । मोबाइल टेलिफोन सेवाको लाइसेन्स एनसेल र टेलिकमले पाएका छन् ।

यता विनियमावलीको विनियम २ (ङ) र २ (च) मा परिभाषित निश्चित क्षेत्र वा परिधिभित्र वाइफाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, विनियम ५ (१) अनुसार एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राका लागि वाइफाई हटस्पट सेवा प्रयोग गर्नसक्ने व्यवस्था छ । तर इन्टरनेट सेवा प्रदायकहरूले यी प्रावधान उल्लघंन गरेको प्राधिकरणको निष्कर्ष छ । साथै प्राधिकरणले वाइफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति, २०८० को दफा ७.४, अनुसूची ४ बमोजिम पावर लिमिट, ब्याकहल/ब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्तहरू अनिवार्य पालना गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । शर्तहरू पालना गरेर प्राधिकरणबाट टाइप-एप्रुभल भएका रेडियो उपकरणहरू मात्र प्रयोग गर्न समेत भनिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी