×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड घोटाला भएको सिआईबीको निष्कर्ष, कर्मचारीदेखि हाकिमसम्मको मिलेमतो ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड घोटाला भएको सिआईबीको निष्कर्ष, कर्मचारीदेखि हाकिमसम्मको मिलेमतो ! 

Artha Sarokar

१२ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा अनुसन्धान सकेको छ । अनुसन्धान सकेर सिआईबीले एक हजार लामो पृष्ठको प्रतिवेदन सरकारी वकिल कार्यालय बाँकेलाई बुझाएको छ ।

अनुसन्धान सकेको सिआईबीले बैंकमा तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ । 

साथै उक्त बैंक घोटाला प्रकरणमा बैंकका कर्मचारीदेखि हाकिमसम्मको मिलेमतो भएको सिइआईबीको निष्कर्ष छ । सिआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिइएको छ ।

सीआईबीको प्रतिवेदन अनुसार कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा सञ्चालक समितिका तीन जना अध्यक्ष, ८ जना पदाधिकारीहरू, ४ जना सेयरधनी, ३ जना कार्यकारी अधिकृत, ४२ जना कर्मचारी, ४० जना ऋणी, एक जना मूल्यांकनकर्ता, एक जना नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी र ६ जना आन्तरिक तथा बाह्य लेखापरीक्षकलाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष निकालिएको छ । 

हाल उक्त प्रकरणमा सिआईबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र, तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी र नेपाल राष्‍ट्र बैंकका पूर्व अनुगमन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरिसकेको छ ।

हाल समस्याग्रस्त घोषणा भइसकेको उक्त बैंकलाई नेपाल राष्ट्र बैंकले टेकओभर गरेर चलाइरहेको छ । कर्णाली डेभलपमेन्ट बैंकमा करिब एक लाख बचतकर्ता छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी