×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिन्ट र स्टेशनरीमा प्राइम कमर्सियल बैंकको खर्च मात्रै ४ करोड !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रिन्ट र स्टेशनरीमा प्राइम कमर्सियल बैंकको खर्च मात्रै ४ करोड !

Artha Sarokar

१२ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम कमर्सियल बैंकले प्रिन्ट र स्टेशनरीमा मात्र एक वर्षमा ४ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा प्रिन्ट र स्टेशनरीमा सो रकम खर्च गरेको पाइएको हो ।

यता बैंकले गत आर्थिक वर्षमा बैंकको कर्मचारी खर्चमा ७ करोड ७१ लाख ५६ हजार २ सय ७१ रुपैयाँ, अन्य सञ्चालक खर्च अन्तर्गत अन्य खर्च शीर्षकमा १ करोड ७६ लाख ५३ हजार ६ सय ३६ रुपैयाँ, प्रशासन कार्यालय खर्च अन्तर्गत अन्य खर्च शीर्षकमा ३ करोड २२ लाख ४० हजार ८ सय रुपैयाँ र शुल्क र कमिसन खर्च अन्तर्गत अन्य शीर्षकमा ९ करोड ७ लाख ८४ हजार १ सय ७० रुपैयाँ देखाएको छ ।

यसरी बैंकले वार्षिक प्रतिवेदनमा बैंकले कमाएको नाफा खर्चको शीर्षक अन्तर्गतको अन्य शीर्षकमा ठूलो रकम खर्च देखाएपछि बैंकका सेयरधनीहरुले सो को विरोध गरेका छन् । 

उनीहरुले सेयरधनीलाई प्रतिफल दिन नसेकेको अवस्थामा बैंकका अध्यक्ष र सिइओको मिलेमतोमा ठूलो रकम खर्च शीर्षमा देखाएर घोटाला गरिएको आरोप लगाएका छन् । गत आर्थिक वर्षमा प्रिन्ट र स्टेशनरीमा देखाइएको खर्च अचाक्ली भएको भन्दै सेयरधनीहरुले प्रिन्ट र स्टेशनरीबाट ठूलो रकम कमिसन लिने गरेको पनि आरोप लगाएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी