
जनताले दुख गरेको कमाएको पैसा कतै जम्मा गरेका हुन्छन् । विभिन्न उदेश्यका साथ जनताले जम्मा गरेको पैसामाथि आँखा लगाउने कसैको पनि अधिकार हुँदैन । यसो त कसको मनमा के हुन्छ भन्ने सोच्न पनि कसैले सक्दैन । तर बैंकिङ कसुरमा जेल परिसकेका व्यक्ति कुनै संस्थाको सीईओ हुन्छन् भने उक्त संस्थालाई जनताले कसरी पत्याउने ? एउटा ठूलो प्रश्न नेपाली जनताका अगाडी तेर्सिएको छ ।
मेरो पनि थोरबहुत बचत छ सिनर्जी फाइनान्समा । सीनर्जी फाइनान्स लिमिटेडमा बैंकिङ कसुरमा जेल परेका व्यक्ति सीइओ भएको खबर अर्थ पढेपछि मैले दुख गरेर कमाएको पैसामाथि रिस्क लिन चाहिन । कसैले पनि चाहांदैन । तर सीनार्जी फाइनान्समा बचत गर्ने अरु थुप्रै जनतासमक्ष यो खबर पुग्न अझै सकेको छैन । जसले गर्दा जनताको करोडौं रुपैयाँमाथि ठूलो जोखिम हावी भएको छ । हाल सिनर्जी फाइनान्स कम्पनीमा सीइओ रहेका बिनितमणि उपाध्याय विगतमा वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी घोटाला प्रकरणमा जेल परेका व्यक्ति थिए भन्ने कुरा धेरैलाई थाहा नहुँदा उनीहरुले यस्तो रिस्क बेहोरिरहेका छन् ।
सिनर्जी फाइनान्सका सीईओक कतिपय कर्तुतहरु बाहिर आईसकेका छन् । कमिसनको लोभमा उनी कतिसम्म गर्छन् भन्ने कुरा समेत विभिन्न सञ्चार मध्यममा आईसकेको कुरा हो । यसले गर्दा जनताको पैसा कहाँ नेर गएर डुब्छ वा बैंकका सीईओ जनताको पैसा लिएर कुन दिन ‘टाप’ कस्छन् भन्ने पत्तो छैन । बैंककै कर्मचारीहरु सीईओ विरुद्ध राष्ट्र बैंक गुहार्न थालेको समाचार आईरहेका बेला जनताको करोडौं रुपैयाँ ठूलो रिस्कमा रहेको कुरा बुझ्न गाह्रो छैन । तर सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । कमिसनको लोभमा बैंकका सीईओ कतिसम्म गर्छन् भन्ने कुरा समेत बाहिर आउँदा पनि किन सम्बन्धित निकाय मौन छ । यस्तो बेला पनि किन राष्ट्र बैंक बोल्दैन ? यदी सञ्चार माध्यममा आएका समाचार गलत छन् भने किन त्यसको खण्डन गर्दैन सिनर्जी फाइनान्स ?
सीईओविरुद्ध अख्तियार र सम्पत्ति सुद्धिकरणमा समेत उजुरी परिसकेको समाचार बाहिर आएको छ। भोलि सीईओ उपाध्यायले गलत नै गरेका रैछन् भन्ने प्रमाणित भयो भने यसको जिम्मेवारी कसले लिने ? किन कोहि बोलिरहेको छैन ? पत्रकारले राय बुझ्न खोज्दा घरी म सुचना अधिकारी हो भन्ने घरी होइन भन्ने बैंकका कर्मचारीको रबैयाबाट जनताले के बुझ्ने ? जनताको पैसामाथि यत्रो ‘रिस्क’ किन ?
- सिनर्जी फाइनान्सका एक स्टेक होल्डर
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्