×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकमान प्रकरणको नालीबेली : ‘कुन काण्डमा कसले कति घोटाला गरेको थियो ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लोकमान प्रकरणको नालीबेली : ‘कुन काण्डमा कसले कति घोटाला गरेको थियो ?’

Artha Sarokar

११ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाण्डौ । लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव पछाडिका केहि गम्भीर रहस्यहरु फेला परेका छन् । आफुहरु जेल जाने डरले नेताहरु अत्तालिएर उनीविरुद्धको महाअभियोग लगाएको रहस्य खुलेको छ । ठूला तीन दलकै शीर्ष नेताहरुविरुद्ध करोडौं भ्रष्टाचारको फाइल बनाएर कारबाही थाल्ने अख्तियारले तयारी थालेको थियो । अख्तियारभित्रकै कर्मचारीहरुबाट त्यस्तो तयारीको बिषयको सूचना चुहिएपछी ठूला दलहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका देखिएकोछ । 
सुब्बा, खरदार देखि शाखा अधिकृत तहका भ्रष्ट कर्मचारीलाई ठेगान लगाएका उनले जव ठुला माछालाई समात्ने प्रयास गरे, तव उनलाई महाअभियोगनै लगाइएको देखिएको छ । एमाले, कांग्रेस र माओवादीका गरी करिब सयको हाराहारीमा रहेका नेताहरुमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले अनुसन्धान गरिरहेको तथ्य पत्ता लागेको छ । यसबारेको समाचार अर्थ सरोकारडटकमले अघिल्ला अंकमा प्रकाशित गरिसकेको छ ।
कांग्रेसका २१ जना नेता, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी नेताहरुले भ्रष्टाचार गरेको फाईल अख्तियारसँग रहेको गोप्य स्रोतले जानकारी दिएको छ । जुन फाइल नष्ट गर्नका लागी तीनओटै दलका शिर्ष नेतृत्वले अख्तियारका कार्यवाहक प्रमुखलाइ निरन्तर दबाव दिइरहेको स्रोतको दाबी छ । 
यता अख्तियार स्रोतले भने ती फाइलहरु सुरक्षित रहेको बताएको छ । त्यस्ता फाईल आवश्यक परे जति बेला पनि सार्वजनिक हुन सक्ने स्रोतले बतायो । नेताहरु मात्रै होईनन् भ्रष्टाचारमा केही व्यापारीहरु समेत संलग्न रहेको तथ्य फेला परेको छ ।
स्रोतका अनुसार, व्यवसायीहरु सचिनलाल श्रेष्ठ आचार्य, सतिशलाल श्रेष्ठ आचार्य, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, व्यवसायी दीपक भट्ट, लिटिल एन्जल्स स्कुलका सञ्चालक एवं साँसद उमेश श्रेष्ठ र म्यानपावर व्यवसायी तथा कांग्रेस नेता टेकबहादुर गुरुङ समेत भ्रष्टाचार गरेको सूचीमा छन् । यति एयरलाईन्सका शेर्पा र दीपक भट्टले एमालेका नेताहरुसँग मिलेर कार्कीलाई हटाउन ठूलै रकम खर्च गरिरहेको स्रोतको भनाई छ । दीपक भट्ट सोलु करिडोर आयोजनाका ठेकेदार हुन् । अख्तियारले सोलु करिडोर आयोजनामा व्यापक अनियमितता भएको भन्दै कारवाही अगाडि बढाएपछि भट्ट कार्कीसँग रुष्ट थिए । त्यस्तै सेनामा रासन ठेक्कामा लगाउने र हतियार सप्लाई गर्ने व्यक्ति हुन् भट्ट ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिने सांसद तथा लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठमाथि करिब ९० करोड रुपैयाँ भ्रष्टाचारको मुद्दा रहेको स्रोतले बताएको छ । त्यसैगरी पूर्व श्रम राज्यमन्त्री एवं सांसद टेकबहादुर गुरुङले ६० करोड अकुत सम्पत्ति जोडेको फाईल अख्तियारमा छ । श्रेष्ठ र गुरुङ देउवाका विश्वासिला मान्छे हुन् । कार्कीलाई हटाउन श्रेष्ठ र गुरुङ जोडबलले लागिपरेका छन् । श्रेष्ठमाथि गरिएको अनुसन्धान पुरा भई उनलाई भ्रष्टाचारको मुद्दा हाल्ने अन्तिम तयारी अवस्थामा अख्तियार रहेको छ ।
त्यस्तै कांग्रेसका अर्का नेता एवं सांसद बहादुरसिंह लामाले करिब ८ करोड हिनामिना गरेको फाईल अख्तियारमा सुरक्षित छ । उता सुडान घोटाला काण्डमा मुछिएका कांग्रेसका पूर्व गृहमन्त्री एवं नेता कृष्ण सिटौलाले ६५ करोड रकम हिनामिना गरेको फाईल अख्तियारमा छ ।
कांग्रेसका नेताहरु भन्दा पनि बढी एमालेका नेताहरु भ्रष्टाचार काण्डमा मुछिएको फाईल अख्तियारमा रहेको स्रोतले जनाएको छ । एमाले नेताहरु वामदेव गौतम, सुवास नेम्वाङ, पूर्व कानुन मन्त्री अग्नि खरेल, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, राज्यलक्ष्मी गोल्छासँगै केपी शर्मा ओली विरुद्ध पनि मुद्दा अख्तियारमा रहेको स्रोतको भनाई छ ।
एमाले कोटाबाट सांसद भएकी गोल्छाले आफूले पार्टीका लागि ७ करोड चन्दा दिएको यसअघि नै घोषणा गरेकी थिइन । त्यो ७ करोड रुपैंया विभिन्न च्यानल हुँदै केपी ओलीसम्म पुगेको बताइन्छ । त्यो ७ करोड के कसरी आएको र कुन कुन नेताले लिएको भन्ने विषयमा विभिन्न नेताहरुमाथि अनुसन्धान भइरहेको फाईल अख्तियारमा सुरक्षित रहेको छ ।
भ्रष्टाचारको मुद्दामा अधिकांश माओवादी नेताहरु समेत संलग्न रहेको भेटिएको छ । माओवादी लडाकु सेनाको नाममा भएको रकम हिनामिनाको विषयमा अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत उर्जा मन्त्री जनार्दन शर्मा, उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व गृह मन्त्री शक्ति बस्नेत लगायतका नेताहरु मुछिएका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको बारेमा अनुसन्धान गर्न एकजना अनुसन्धान अधिकृत नै तोकिसकिएको थियो।
नेपाली काँग्रेसका शेरबहदुर देउवा, आरजु देउवा, रामचन्द्र पौडेल सुजता कोईराला लगायत २३ जनामाथिे अनुसन्धान हुने संकेत पाएपछि भारतबाट समेत अख्तियारमाथि निरन्तर दबाब आएकाले फाइल पछि तानिएको थियो । सबैभन्दा बढी भष्ट्रचार गरेका काँग्रेस नेताको फाईल रोक्दा भएको सहमतिकै कारण कार्कीमाथिको महाअभियोगको प्रस्तावमा नेपाली काँग्रेसको नेतृत्वपछि हटेको अनुमान छ ।
लोकमानसिंह कार्कीसँग सबभन्दा बढी रुष्ट एमाले नेताहरु रहेको बुझिएको छ । अख्तियारमा करिब ८० प्रतिशत कर्मचारीहरु एमाले निकटका थिए । जब कार्की आए त्यसपछि उनले कटौती गर्दै त्यो संख्या तीस प्रतिशतमा झारेका थिए ।
कार्कीले कांग्रेस, एमाले र माओवादी तीनै दलका नेताहरु माथि अनुसन्धान कारवाही अघि बढाउने तयारी गरिरहेकाले उनी माथि महाअभियोग लगाउने खेल सुरु भएको बताईन्छ । स्रोतका अनुसार कार्कीले २४ हजार व्यक्तिलाई पत्र काटेर अनुसन्धान प्रक्रिया अघि बढाईरहेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी