×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणी भन्छन्, ‘सेन्चुरी बैंकले ममाथि ज्यादती गर्यो, न्याय पाउँ!’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ऋणी भन्छन्, ‘सेन्चुरी बैंकले ममाथि ज्यादती गर्यो, न्याय पाउँ!’

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

 केहि समयअघि ‘सेन्चुरी बैंकमा घरजग्गा काण्ड’ शीर्षकको समाचार प्रकाशन भएपछी लिकं ईन्टरनेसनल फर्मका मालीक माधब कुमार गौतमले अर्थ सरोकार डटकमसँग सम्पर्क गरी घटनाको खास विवरण हेर्ने हो भने बैंकले आफुमाथि ज्यादती गरेको आरोप लगाएका छन् । उनले बुधबार बिहान अर्थ सरोकार डटकममा सम्पर्क गरी आफुमाथि बैंकले अन्याय गरेको र मुद्धा लडिरहेको भएपनि मुद्धा खारेज भइसकेको भन्ने समाचार कतिपय ठाउँमा आएकामा समेत आपत्ति जनाएका छन् । सेन्चुरी कमर्सियल बैंक बाट २०६९ सालमा ऋण लिन शुरु गरेका लिकं ईन्टरनेसनल फर्मका मालीक माधब कुमार गौतम र ऋण दिने सेन्चुरी कमर्सियल बैंकको बिचको खाडल ठुलो भन्दै जाँदा समस्या देखिएको हो । 
यसरी लिईएको थियो लिंक इन्टरनेशनना नाममा ऋण
२०६८ सालबाट सेन्चुरी कमर्सिएल बैंकमा कारोबार गर्दै आएका लिंक ईन्टरनेसनलका मालिक माधब कुमार गौतमले पदमपुरमा रहेको १० कठ्ठा जमिन धितो राखेर २०६९ सालमा बैंकले ६० लाख ऋण लिएका थिए । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै  माधव कुमार गौतम अगाडी भन्छन्, ‘त्यसको केहि महिना नबित्दै बैकले पदमपुरकै अर्को १० कठ्ठा जग्गा धितो राखेर ४० लाख ऋण दिएको थियो । लिकं ईन्टरनेशनलकै प्रबर्धनको शिर्शकमा पुनं बैंकले पुलचोकमा रहेको १० धुर जग्गा र दुई तला घर राखी २०७० सालमा १ करोड २५ लाख ऋण दिएको थियो । लगतै बैंकले गौतमकै नारायणगढ बेलचोकमा रहेकोघर र जग्गा राखी ७० लाख र अन्य सबै धितोलाई एकमुष्ठ आधार मानेर थप २५ लाख ऋण दिएको थियो ।’
गौतमका अनुसार यसरी पटक–पटकको ऋण गरी बैंकबाट जम्मा ३ करोड २० लाख ऋण लिंक ईन्टरनेसनलका मालिक गौतम र श्रीमती अनु भट्टराईको नाममा  छ ।  उनिहरुले ३ करोड २० लाख २०७० सालमै बैंकबाट ऋण लिएका थिए । जसको ब्याज ऋणीले २०७१ साल असोजसम्म नियमित तिरेको देखिन्छ । उनीहरुले लिएको ऋणको ब्याज २०७१ असोजसम्म १ करोड १० लाख बैंकलाई बुझाईसकेको ऋणी बताउछन् । तर सावा बापतको रकम भने बैंकलाई नतिरेको उनलेया बताएका छन् ।
त्यसपछि बिचमा के–के भयो त  ?
गौतमका अनुसार ऋणी गौतमले लिंक ईन्टरनेसनल कम्पनि प्रर्बधनका लागी सेन्चुरी कमर्सियल बैंकबाट सो ऋण लिएका थिए । उनी भन्छन्, मैले लिएको ऋणको ब्याज उनले २०७१ असोजसम्म नियमित तिरेको हुँ  । त्यहि समयमा अर्थात नियमित ब्याज तिरिरहेकै बेला बैंकले सावा पनि बुझाउन ताकेता गरिरहेको थियो ।’
यता बैंकका  क्षेत्रीय प्रमुख गोकर्ण दुवाडी  भन्छन्, ‘बैंकले पटक पटक ऋणीलाई पत्र काटेर ब्याज र साँवा सहित घटाउन अनुरोध गरिराखेको थियो । त्यस बेलाबाटनै बैंकले ऋणी गौतमको लिकं ईन्टरनेशनल फर्मको कारोबार प्रति शंका गर्दै आयो र दिएको ऋण अपचलन भएको हुनसक्ने ठानेर बैंकले ऋणीलाई सावा समेत बुझाउन पत्र काटेको हो ।’ 
‘ व्वसायको कारोबारमा कमी आए पनि ब्याज निरन्तर तिरि रहदा पनि एक्कासी सावा समेत चुक्ता गर्नु भन्ने पत्र आउदा बैंक नियत विपरीत हिड्न खोजेको देखिन्छ । २०७१ भदौ १३ गते म दुर्घटनामा परें र मलाई उपचारका लागी नेपाल हुदै भारतको दिल्लीसम्म लागिएको थियो । उपचार भारतको दिल्लीमा भईरहदा यता गौतममा नाममा सावा र ब्याज जोडिएका पत्र बैंकले पटक पटक काटिरह्यो । म दुर्घटनामा परेपछि मेरो ब्यवसायको कारोबार पनि बन्द भएको थियो ।’ गौतमले अर्थ सरोकार डटकमसँग भने । 
उनी अगाडी भन्छन्य, ‘यता  बैंकमा तिर्नुपर्ने ब्याज पनि २०७१ पुस महिनाबाट रोकिएको थियो । म उपचारकै क्रममा भारत भएका बेला श्रीमती अनु भट्टराईलाई बैंकले फलो गरिरह्यो । श्रीमतीलाई बैंकले पटक पटक छलफल र साँवा  र ब्याज बुझाउनका लागी औपचारिक पत्र पठाईरहेको देखिन्छ । श्रीमान गौतम उपचारका लागी भारत भएका बेला बैंकले ताकेता मात्रै गरेन ब्याज र सावा रोकिएकाले धितो लिलाम प्रकृयामा जाने सोच बनायो ।
बैंकले अनु भट्टाराईलाई भएको सम्पति बेचेर भएपनि ब्याज र सावा बुझाउन ताकेता गरेपछि अनु भट्टराईलाई सोहि बैंकले १ करोड लगानि गरेको चितवनको पदमपुरको दुई कित्ताको १ बिगाहा जग्गा ७८ लाखमा बेच्न अनुमति फुकुवा गरिदियो । अझ अनु भट्टराईकै एकतर्फी कुरा सुन्ने हो भने सो जग्गा बिक्री गर्न बैंकले आफै ग्राहक खोजेको र ७८ लाखमा विक्रि गरेमा पुलचोकको घर जग्गा पनि १ करोड २५ लाखमा फुकुवा गर्ने मौखिक सहमतिमा लगभग १ करोड ५० लाख पर्ने पदमपुरको १ बिगाहा जग्गा ७८ लाखमा बेच्न बाध्य भएको हु भन्दछिन तर बैंक यो आरोप स्वीकार्न तयार छैन । र पनि बैंकले २ बर्ष पहिले १ करोड लगानी गरेको जग्गा ७८ लाखमा बेच्न फुकवा गरेकोमा भने यथार्थ हो जुन बैंक आफैले स्वीकार गरिरहेको छ।
यसमा पनि बैंकको नियतीमा प्रश्न उठिरहेको छ । यता ७८ लाखमा बेचेको जग्गाको रकम ऋणी श्रीमती बैंककै सा“वा र ब्याज घटाईन । जस पश्चात पुनं १ करोड २५ लाख लिएर पुलचोकको घर र जग्गा फुकुवा गर्न आउदा बैंकले १ करोड ४८ लाख बिना फुकुवा गर्न नमिल्ने वतायो । नमिल्नुका पछाडि बाकी ऋण बेलचोकको घर र जग्गाको मुल्याकंनले नभ्याएर १ करोड ४८ लाख बिना फुकुवा गर्न नसकेको बैंकका रिजनल म्यानेजर गोकर्ण दुवाडी बताउछन् । यो घडिमा ऋणी गौतम उपचारबाट ठिक भएर आएका छन् र ऋणीका अनुसार १ करोड ४८ लाख बैंक लगेर दिदा पुनं बैकले १ करोड ७८ लाख बिना फुकुवा गर्न नमिल्ने बतायो। यसपछि बैकले लिलाम प्रकृया शुरु गरेको छ ।
लिलाममा किन हतारियो बैंक ?
बिचमा बैंकको आरोप ऋण अपचलन होस् या ऋणीको दुर्घटना ,महाभुकम्प वा नाकाबन्दीको असर नै किन नहोस् ऋणीकी श्रीमतीले श्रीमान भारत उपचारमा हुदा“ पनी सोहि बैंकले २ वर्ष पहिले १ करोड ऋण दिएको जग्गाको दुई वर्षपछि बजारमा मुल्यकंन दोब्बर भएका बेला बैंककै सल्लाहा र फुकुवा पछि जम्मा ७८ लाखमा बेचेर सबै पैसा बैंकलाई नै २०७२ असार मसान्तमा बुझाएको देखिन्छ । जुन तथ्य बैंक संगै छ । सावा र ब्याज घटाएको २ महिना नबित्दै बैंकले हतारीएर ०७२ भदै १४ गते ३५ दिने सुचना जारी गर्यो ।  मैले ऋण तिर्न सक्ने स्थिति थिएन । फेरी ४ महिना पछि ०७२ साल काक्तिक ०१ गते बैंकले पुनं १५ दिने सुचना निकाल्यो ।’ 
अर्थ सरोकारसँग कुराकानीमा गौतमले अगाडी गुनासो पोखे, ‘बैंकले ०७२ र मंसिर २० गतेका दिन १५ दिने लिलामी सुचना जारी गर्यो । तर लिलाम स्वीकार्न कोही नआएकाले ०७२ पुस २५ गते ऋणीको सम्पती बैंकले आफ्नो नाममा ल्याएर घर खाली गराउन समेत सुचना निकालेर प्रशासन ,उपमहानगरपालिका तथा प्रहरीको सहायतामा घर खाली गराउने प्रयास गर्यो । यसरी २०७२ को असार मसान्तमा सावा ब्याजको केही अशं बुझाउदा पनि हतार हतार गरेर कानुनी प्रकिया सगै बैंक अगाडी बढ्यो ।’
यस्तो छ ऋणीको कुरा :
माधब कुमार गौतम भन्छन्हा, हामीले ऋण खाएका हौं । हामी तिर्न तयार छौ । नतिरी हुँदैन । तर  हामीलाई प्रलोभनमा पारेर २ करोड पर्ने पदमपुरको जग्गा जुन बैक स्वयम्ले १ करोड ऋण दिएको थियो । त्यो जग्गालाई ७८ लाखमा बेच्न लगाएर हामिलाई पैसा लिएर घर फुकुवा गर्न जादा पनि बढाएको बढाई गर्यो । हामी दुर्घटनामा परेको बेला र देशको परिस्थिती यस्तो भएको बेला पनि बैंकले समय माग्दा नदिईकन एकहोरो अगाडि बढ्यो ।
हामीले ब्याज सहित तिर्न नसक्ने अवस्थामा छौ तर समय र सहजता दिए लिएको ऋण तिर्न हामी तयार छौ यसका लागी बैंकले सहज वातावरण सिर्जना गरिदियोस् भन्ने मेरो भनाइ हो ।  छापामार शैलीमा प्रहरी ल्याएर मेरो घरको ब्यवसाय गर्ने समान उठाएर लगेर म कसरी बैंकलाई तिर्न सक्छु ? मेरो घरमा बैंकले ताला लगाएर मलाई बाटोमा ल्याउने कति सम्म मानबिय कार्य हो ?  हो बैंकले लगाएको ताला समाजले तोडेर मलाई सोहि घर भित्र राखेको छ । म घरमा बसेर बैंकले दिएको उचित समयमा बैंकको ऋृण तिर्छु तर यसरी अमानवीय ब्यवार म माथि नगरीयोस् । मेरो ६ करोड भन्दा धेरैको सम्पति हो यो म बैंकलाई मैले लिएको रकम एक रुपैयौ पनि कम दिन्न तर मलाई वातावरण मिलाईयोस् ।
के भन्छ बैंक ?
अर्थ सरोकारका चितवन सहकर्मीसँग कुराकानी गर्दै बैंकका रिजनल म्याजेर गोकर्ण दुवाडी भन्छन्– हामीले कानुन बमोजिम काम गरेका छौ । ऋणीले बैंकले दिएको ऋण अपचलन गरेको थाहा पाएर यो प्रकृयामा गएका छौ । पदमपुरको जग्गा बेच्दा भएको मौखिक सहमति मलाई थाहा छैन हामीले कानुन अनुसार काम गरेका छौ । ऋणीको घरबाट प्रहरी लगाएर मुजुल्का उठाएर उसको ब्यवसायको समान हामीले ल्याएर सुरक्षीत राखेका छौ । बैंकलाई ऋणीले २ करोड ७१ लाख सावा र ९ लाख ब्याज गरी २ करोड ८० लाख तिर्नु छ । बैंकले ब्याज र समयका बिषयमा बोर्डबाट बिचार गरेपनि सावां हलचल हुने छैन ।’
पत्रकार सम्मेलनमा  बैंकको विज्ञप्ती अस्पष्ट
ऋणीले बैंकले अन्तिम समयमा घर खाली गर्न प्रहरी सहित बैंक आए लगत्तै पत्रकारहरुसगं सडकमा आउन परको भन्दै पत्रकार सम्मेलन गरिएको थियो  । विभिन्न मिडियामा आएको खबर पाच्य नभएपछि  ३ दिन नबित्दै बैंकले मिडियामा आएको खबर प्रति ध्यान आकार्षण भएको भन्दै प्रेस बिज्ञप्ति जारी गर्यो तर बैंकको प्रेस विज्ञप्तीमा मुख्य कुरामा न यथार्थ पन थियो न मुख्य कुरा अटाएको नै थियो ।
प्रेश बिज्ञप्तीमा बैंकले २०५९ सालदेखि ३ करोड २० लाख ऋण लिएको भनेपनि कुन शिर्शकमा र कुन धितोमा कति ऋृण लिएको भन्ने लेखिएको छैन । यसैमा ऋणीले ब्याज र सावा“ गर २०७२ असार सम्म बुझाएको भएपनि बैंकले ब्याज तिरेको रकम विज्ञप्तीमा लुकाएर उल्लेख नै गरेको छैन । अझ महत्वपुर्ण कुरात बैंकले १ करोड ऋण प्रवाह गरेको पदमपुरको १ बिगाहा जग्गा ७८ लाखमा बेच्न फुकुवा गरिदिएको बारे उल्लेख नै गरेको छैन । यति मात्र कहा“ हो र विज्ञप्तीमा बैंकले अब ऋणी सगं लिनु पर्ने ब्याज र सावा“ रकम कती हो भन्ने पनि उल्लेख गरेको छैन । विज्ञप्तीमा विचारधिनमा रहेको सो घरको मुद्दालाई खारेज भईसकेको भनेर लेखेको छ ।
दुई ओटै घरको मुद्दा टुङगो लाग्न अझै बाँकी छ 
गौतमका अनुसार ऋणी माधबकी आमा सितादेबि गौतमले हालेको मुद्धाको टुङगो अझै पनि लागेको छैन । कानुन ब्यवसायीका अनुसार यो मुद्दा टुगों नलाग्दा सम्म बैंकले ऋणी बाहेक अरु ब्यक्तिलाई बेचेर ऋृण अशुल गर्न नसक्ने बताउछन् । तर बैकले भने मुद्दा खारेज भई सक्यो भनेर घर जग्गालाई लिलाममा विक्री गर्न ग्राहक खोज्न ऋणीलाई भनि रहेको छ ।
सेन्चुरी बैंकसम्बन्धि यी सामाग्री छुटे कि ?

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी