Hamro Patro
कृषि र पर्यटनलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा सांसदहरुको जोड, भूमिहीन दलितलाई दुई वर्षभित्रमा जमिन उपलब्ध गराईने

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले जडीबुटीखेती, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि जस्ता विषयलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । सभाको आजको बैठकमा आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफलमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले उत्पादनमुखी र कृषिमुखी बजेट हुनुपर्नेमा जोड दिए [...]