OFF THE BEAT
कर्मचारी बढुवामा गोदावरी नगरपालिकाको मनपरी, एसएलसीको योग्यता भएकालाई सिधै अधिकृतमा बढुवा
अर्थ सरोकार सम्बाददाता ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले एसएलसीको योग्यता भएका कर्मचारीलाई अधिकृतमा बढुवा गरेको पाइएको छ । नगरपालिकाले एसएलसीको योग्यता रहेका सुरेश कार्कीलाई अधिकृत छैटौँ तह अर्थात अधिकृतमा बढेको गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रको छानबिनबाट उक्त उक्त विषय पत्ता लागेको हो । आठ वर्षअघि खरिदारसरहको पदबाट गोदावरी नगरपालिकाको सेवामा[...]

