Skip to content
LAXMI SUNRISE BANK

वृष राशि

अर्थ सरोकार

असोज महिनाको राशिफल 

वृष राशिका लागि असोज महिना बैंकिङ तथा आर्थिक दृष्टिले निकै उत्साहजनक रहने देखिन्छ। बैंक तथा वित्तीय संस्थाबाट हुने कारोबार, लगानी तथा व्यवसाय विस्तारमा सकारात्मक परिणाम प्राप्त हुने योग छ।

वैदेशिक यात्रासँगै वैदेशिक आम्दानीको बाटो खुल्ने र थप लगानीबाट आर्थिक लाभ लिन सकिने देखिन्छ। समग्रमा यो महिना ७० प्रतिशत राम्रो देखिन्छ।

यो महिनामा ४ गते भने विशेष ख्याल गर्नुहोला।

नयाँ वर्ष २०८३ सालको आर्थिक राशिफल 

वृष राशिलाई नयाँ वर्ष २०८३ साल धैर्यको परीक्षा र फलदायी परिणाम’ को वर्ष जस्तो देखिन्छ। सुरुका महिनाहरूमा केही अलमल, निर्णयमा ढिलाइ वा अवसरहरू स्पष्ट नदेखिने अवस्था हुन सक्छ, तर वर्षको बीचतिरदेखि तपाईंको मेहनतले आकार लिन थाल्नेछ । आर्थिक पक्षमा बिस्तारै सुधार आउनेछन् । एकैचोटि ठूलो लाभभन्दा सानोसानो तर स्थिर आम्दानीले तपाईंलाई सुरक्षित महसुस गराउनेछ।

बैंकिङ क्षेत्रमा जागिर गर्नेहरूका लागि उन्नति, जिम्मेवारी बढ्ने र विश्वास जित्ने समय रहेको छ। व्यापारतर्फ भने  विस्तारको सोच आउन सक्छ तर आध्यात्मिक दृष्टिले हेर्दा ‘सही समयको प्रतीक्षा’ नै तपाईंको सबैभन्दा ठूलो शक्ति हुने देखिन्छ।

यता सेयर बजारमा लगानी गर्दा यो वर्ष विशेषगरी वैशाखदेखि साउनबीचको समय शुभ देखिन्छ, जहाँ ग्रहहरूको चालले तपाईंलाई सही निर्णय लिन प्रेरित गर्ने देखिन्छ । धन कमाउनु मात्र लक्ष्य नभई, त्यसमा शान्ति र सन्तुलन कायम गर्नु नै साँचो समृद्धि हो भन्ने भावना तपाईंमा आउने देखिन्छ।

 

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK