
असार महिनाको आर्थिक राशिफल
वृष राशि भएका व्यक्तिहरूका लागि असार महिना सामान्य देखिन्छ। बैंक तथा वित्तीय क्षेत्रमा जागिरको अबसर मिल्ने छ। अन्तर्वार्तामा जाँदै हुनुहुन्छ भने सेतो वस्त्रको पहिरन गर्नु होला, शुभ समाचार प्राप्त हुने देखिन्छ । लामो समयदेखि फसेको धन उठाउन सकिनेछ । कतै लगानी गर्दै हुनुहुन्छ भने बिहीबार र शुक्रबार गर्दा राम्रो हुनेछ। घरजग्गाको कारोबार गर्दा भने घाटा व्यहोर्नुपर्ने देखिन्छ ।
बिचार नपुर्याउँदा धन नास हुने देखिन्छ । मनोरञ्जनमा गरेको लगानी डुब्ने देखिन्छ । मुद्दा मामीलामा झमेला आउन सक्नेछ । यो राशि हुनेहरूका लागि असार १, ८ र २९ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ वर्ष २०८२ सालको आर्थिक राशिफल
वृष राशि भएका व्यक्तिहरूका लागि २०८२ साल राम्रै देखिन्छ। काममा बढोत्तरी हुने देखिन्छ। कला र गालाको प्रभावले मनग्य आम्दानी गर्न सकिनेछ। व्यापार व्यवसाय गर्नेहरुलाई यो बर्ष उत्तम छ ।
आकश्मिक लाभ हुने देखिन्छ। ऋण तिर्ने योग देखिएको छ। लामो समयदेखि फसेको पैसा पाउन सकिनेछ। सेयर बजारमा लाग्नेहरुका लागि पनि यो बर्ष औसत छ भने ठेक्कापट्टाको काम गर्नेहरुका लागि यो बर्ष उत्तम छ । यो वर्ष घरजग्गाबाट रामरी फाइदा हुने देखिन्छ।
यता, स्वास्थमा समस्या आउँदा बढी खर्च हुने देखिन्छ । यो वर्ष ठुलो काम र ठुलो लगानी भने नगर्दा राम्रो होला।