जेठ महिनाको आर्थिक राशिफल

कर्कट राशि भएका व्यक्तिहरूले जेठ महिना झमेलापूर्ण देखिन्छ । आर्थिक विषयमा मुद्दा मामिलाबाट सफलता प्राप्त भए पनि सो सफलता पाउन बढी मेहेनत गर्नुपर्ने देखिन्छ ।  आफन्तले कार्यमा बाधा पुर्याउन सक्नेछन् । 

यो महिनाको लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग पहेँलो हो । पहेँलो वस्त्रको पहिरन गरेर शुभकार्य आरम्भ गर्दा राम्रो फल प्राप्त हुनेछ । 

आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

कर्कट राशि भएकाहरूका लागि आर्थिक वर्ष २०८१ / ८२ शुभ देखिन्छ । वर्षभरी नै धन आर्जन गरिरहने अवसरहरू मिल्नेछ । पैसा कमाउने नयाँ स्रोतहरू देखिनेछन् । कृषि, पशु, र कपडाको व्यवसायबाट मनग्य आम्दानी हुनेछ । पुष महिना भने कष्टकर हुने देखिन्छ । असोज, माघ फागुनमा बढी व्यवसायिक सफलता प्राप्त गर्न सकिनेछ ।

नयाँ जागिर गर्ने र नयाँ क्षेत्रमा व्यवसाय गर्नेहरूका लागि पनि राम्रो योग छ । सञ्चार क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो छ । सेयर बजारमा लाग्नेहरुका लागि समय उत्तम छ । कुनै पनि व्यापार व्यवसाय गर्दा पहेँलो, हरियो, र खैरो रङ्ग प्रयोग गर्दा शुभ रहनेछ भने २, ३, ६, र ७ शुभ अङ्क देखिन्छ ।

व्यापार र व्यवसायमा सफलता कम भएको अवस्थामा भगवान विष्णुको आराधना गर्ने र बिहीबार सकेसम्म सात्विक भोजन गर्दा उचित होला । पिपलको बोट रोप्नाले थप सफलता मिल्ने देखिन्छ । हरेक नयाँ काम गर्दा आफ्नो पितृलाई सम्झेर दुखी गरिवहरुलाई केही दान दिएर सुरु गर्दा उत्तम होला ।

नयाँ र शुभ कार्य सुरु गर्दा सोमबार पार्नुहोला । वृश्चिक, मीन, तुला राशिसँग मिलेर गरेको काम राम्रो होला । मिथुन, धनु, र कुम्भ भएकाहरूसँग भने  नगरेको नै राम्रो होला ।