जेठ महिनाको आर्थिक राशिफल

कुम्भ राशि भएका व्यक्तिहरूका लागि जेठ महिना वैदेशिक क्षेत्रबाट सफलता मिल्ने महिना हुने देखिन्छ । शुभकार्यमा सरिक भइनेछ भने लामो यात्रा गर्दा सुखद् र सफल भइनेछ । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हल्का गुलाबी वा रातो हो । यो महिनामा केही आर्थिक नोक्सानी हुन सक्ने भएकाले सचेत रहनुहोला ।

 आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

कुम्भ राशि भएकाहरूका लागि आर्थिक बर्ष २०८१ र ८२ फलदायी देखिन्छ । जागिर गर्नेहरूका लागि यो वर्ष सामान्य रहनेछ भने नयाँ ठाउँमा गरेको लगानीले तपाईंलाई पीडा दिने योग छ । घरजग्गामा गरेको लगानीले राम्रो प्रतिफल दिने देखिन्छ भने सेयर बजारमा नोक्सान हुने देखिन्छ ।

आर्थिक हिसाबले श्रावण, कार्तिक माघ र चैत्र महिना राम्रो हुने देखिन्छ भने जागिर गर्नेहरूका लागि मंसिर महिना फाप्ने देखिन्छ ।

जागिर गर्नेहरूका लागि तनाव बढी हुने योग छ । सञ्चार क्षेत्रमा लागेकाहरुका लागि राम्रो देखिए पनि व्यापार व्यवसाय गर्नेहरूलाई यो आर्थिक वर्ष त्यति राम्रो छैन । स्वास्थ्यमा बढी खर्च हुने देखिन्छ । परिवारमा बढी खर्च हुने देखिन्छ ।

कुनै पनि जागिर, व्यापार वा व्यवसाय गर्दा गुलाबी, निलो, सेतो, पर्पल र रातो रङ्ग शुभ देखिन्छ भने २, ४, ७ र ८ शुभ अङ्क देखिन्छ । मंगलबार गणेशजीको उपासना गर्दा राम्रो हुने देखिन्छ ।

शनिबार र शुक्रबार नयाँ कामका लागि शुभ बार हुन्। मीन, वृष र मकर राशि भएकाहरूसँग कारोबार गर्दा सफलता मिल्नेछ भने कन्या र कर्कट राशि भएकाहरूसँग कारोबार गर्दा सचेत हुनुहोला ।