कात्तिक महिनाको आर्थिक राशिफल

मीन राशि भएका व्यक्तिहरूका लागि कात्तिक महिना मध्यम हुने देखिन्छ । आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ ।  चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । बैंकिङ क्षेत्रमा रोजगारीको अवसर प्राप्त हुने योग छ । आर्थिक सहयोगमा सरिक भइनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा रातो हो ।

 आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

मीन राशि भएकाहरूका लागि आर्थिक वर्ष २०८१-८२ शुभ देखिन्छ । जागिरमा प्रमोसनको योग छ भने व्यापार व्यवसायबाट पनि राम्रो हुने योग छ । आकस्मिक लाभको योग पनि छ । पार्टनरसिपमा भने झमेला हुने देखिन्छ । 

कतै ऋण सापटी दिँदा सो रकम फस्ने योग छ । सेयर बजारमा पनि त्यति राम्रो हुने योग देखिँदैन ।

नयाँ जागिर र व्यवसाय गर्ने योग छ । घरपरिवारको स्वास्थ्यमा पनि खर्च बढ्नेछ । कुनै पनि जागिर, व्यापार वा व्यवसाय गर्दा पहेँलो, हरियो, पर्पल, रातो र खैरो शुभ रङ्ग शुभ देखिन्छ भने
१, ४, ८ र ९ अङ्क पारेर गरेको काममा सफलता मिल्ने योग छ । कुनै पनि शुभकार्य गर्नुअघि भगवान शिव र पितृलाई सम्झँदा राम्रो हुने देखिन्छ । बिहीबार गरेका कामहरुबाट सफलता मिल्ने देखिन्छ । 

कर्कट, र वृश्चिक राशि भएकाहरूसँग काम गर्दा सफलता मिल्ने योग छ भने कुम्भ, सिंह, र तुला राशि भएकाहरूसँग सकेसम्म कारोबार नगर्दा राम्रो होला ।