कात्तिक महिनाको आर्थिक राशिफल
मेष राशि भएका व्यक्तिहरूका लागि कात्तिक महिना शुभ देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ काममा जुट्ने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने देखिन्छ।
कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो हो ।
आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल
मेष राशि हुनेहरूका लागि आर्थिक वर्ष २०८१ / ८२ फलदायी रहने देखिन्छ । साउन देखि चैत्रसम्मको समय अझ राम्रो देखिन्छ भने त्यसपछिको समय औसत देखिन्छ । नयाँ जागिर वा नयाँ व्यापारको योग छ । जागिर गर्नेहरूका लागि जागिरमा केही समस्या उत्पन्न हुन सक्छ । यो आर्थिक वर्षमा मेष राशि भएकाहरूका लागि सञ्चार, तथा स्वास्थ्य क्षेत्रमा व्यवसाय गर्दा सफलता मिल्नेछ भने पर्यटन क्षेत्रमा व्यवसाय गर्ने मेष राशि भएकाहरूका लागि विभिन्न खाले अवरोध आउन सक्छ ।
यो आर्थिक वर्षमा मेष राशि भएकाहरूले पार्टनरसिपको व्यापार व्यवसाय नफाप्न सक्छ । सेयर बजारमा लाग्नेहरुका लागि यो आर्थिक बर्ष औसत छ । माघ, र फागुन महिना बढी सफलता प्राप्त गर्ने योग छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि यो वर्ष खर्च बढी र सोचअनुसार काम प्राप्त गर्न नसक्ने देखिन्छ ।
कुनै पनि व्यापार व्यवसाय गर्दा वा जागिर गर्दा हरियो, रातो पहेँलो, खैरो र पर्पल रङ्गको प्रयोग गर्दा शुभ हुन्छ । १, ५, ७, र ९ अङ्क प्रयोग गरेर गरिने काममा बढी सफलता मिल्नेछ ।
काममा असफलता प्राप्त भएकोजस्तो देखिएमा बूढा बाआमालाई सकेको दान गर्दा मनमा शान्ति मिल्नेछ । मंगलबार गणेशजीको आराधना गर्नुहोला । आइतबार पशु पक्षीलाई खानेकुरा दिने र फूल वा रुखको बिरुवा रोप्दा त्यसले तपाईंको व्यवसायिक जीवनमा सफलता दिनेछ ।
मंगलबार र आइतबार गरेका कामबाट बढी सफलता पाइनेछ । सिंह, तुला र धनु राशिसँग गरेका कारोबारबाट फाइदा हुनेछ । वृश्चिक र मीन राशिसँग सकेसम्म सँगै काम नगर्दा नै राम्रो हुन्छ भने लेनदेन पनि नगरेको नै राम्रो हुन्छ ।