कात्तिक महिनाको आर्थिक राशिफल

सिंह राशि भएका व्यक्तिहरूका लागि कात्तिक महिना नराम्रो देखिन्छ । पैसा सापटी दिँदा फस्ने देखिन्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।आर्जन गरेको पैसा चाँडै खर्च हुने देखिन्छ ।  अनावश्यक खर्च पनि बढ्न सक्छ ।

कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो ।

आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

सिंह राशि भएकाहरूका लागि आर्थिक वर्ष २०८१ / ८२ औसत देखिन्छ । कार्यमा ढिला सुस्ती हुने देखिन्छ भने आर्थिक नोक्सानीको सामना गर्नुपर्ला । आँटेको काममा सफलता मिले पनि ठुलो संघर्ष गर्नुपर्ने र विभिन्न झमेलाहरु आइपर्ने देखिन्छ ।

सेयर बजारमा लाग्नेहरुका लागि यो आर्थिक वर्ष राम्रो चाहिन । सुन चाँदीको व्यापारमा पनि सफलता मिल्ने देखिँदैन । निर्माण क्षेत्रमा लागेकाहरूको लागि यो भने यो आर्थिक वर्ष राम्रो छ । आर्थिक हिसाबले कार्तिक र फागुनमा बढी लाभ मिल्ने देखिएको छ । नयाँ जागिरको अवसर मिल्ने देखिन्छ ।

कुनै पनि व्यापार व्यवसाय गर्दा रातो, खैरो, कालो र सेतो रङ्ग प्रयोग गर्नु शुभ हुनेछ भने २, ३, ६ र ७ अङ्क पारेर गरेको काममा सफलता मिल्ने देखिन्छ । व्यापार व्यवसाय वा जागिरमा समस्या हनुमानजीको उपासना गर्दा शुभ होला । पितृलाई सम्झिएर गरेको नयाँ काममा सफलता मिल्ने देखिन्छ । आइतबार र बुधबार गरेका कामहरूमा सफलता मिल्ने देखिन्छ।

मिथुन, कन्या, मेष, धनु राशि भएकाहरूसँग काम गर्दा सफलता मिल्ने देखिन्छ । यद्यपि कर्कट, मकर, र मीन राशिसँग भने सकेसम्म कारोबार नगरेको राम्रो देखिन्छ ।