कात्तिक महिनाको आर्थिक राशिफल

तुला राशि भएका व्यक्तिहरूका लागि कात्तिक महिना समग्रमा सकारात्मक महिना रहेको छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने योग छ । विचार नपुर्याउँदा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शेयर बजारबाट नोक्सानी पनि हुनसक्छ ।

कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खरानी वा सेतो हो ।

आर्थिक बर्ष २०८१-८२ का लागि बार्षिक आर्थिक राशिफल

तुला राशि भएकाहरूका लागि आर्थिक वर्ष २०८१ /८२ फलदायी देखिन्छ । यो वर्षमा विश्वास गरेर दिएको सापटी डुब्ने योग छ । त्यसैले कतै ऋण सापटी दिँदा ख्याल गर्नुहोला । सकेसम्म आफ्नो हातबाट नगद कारोबार नगरेको राम्रो हुनेछ । 

सेयर बजारमा राम्रो कमाई देखिन्छ । यद्यपि बढी लोभ गर्न उचित नहुने देखिन्छ । जग्गा जमिन र सवारीको व्यापारमा राम्रो सफलता पाइनेछ । साउन, कार्तिक र माघ महिनामा बढी फाइदा हुने देखिन्छ । आकस्मिक सफलताको योगसमेत देखिन्छ ।

नयाँ कामबाट पनि सफलता मिल्नेछ । सञ्चार क्षेत्रमा काम गर्नेहरूका लागि यो आर्थिक वर्ष अझै राम्रो छ । पर्यटन र कृषि कर्ममा लागेकाहरूलाई झमेला बढ्ने समय छ ।

कुनै पनि जागिर, व्यापार वा व्यवसाय सुरु गर्दा गुलाबी, सेतो ,पहेँलो र खैरो शुभ देखिन्छ भने १, २, ५ , ६ र ९ शुभ अङ्क देखिन्छ ।

प्रत्येक शुक्रबार लक्ष्मीको पूजा, आराधना गर्नाले धनवृद्धि हुनेछ । शुक्रबार गरेका कामहरुबाट बढी सफलता प्राप्त हुने योग छ । मिथुन, मकर, र कुम्भ राशि भएकाहरुसँगको कारोबारले सफलता दिने योग छ भने कन्या, वृष, र मीन राशि भएकाहरूसँग कारोबार गर्दा सजगता अपनाउनु होला।