ARCHIVE
रिलायन्स फाइनान्स लिमिटेडले लगानीकर्ताहरुलाई १०.५३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १०.५३% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०% बोनस सेयर र ०.५३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि पाइनेछ ।