
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सिभिल बैंक अर्थात वित्तीय रुपमा झन्डै डुब्न लागेको र नेपालका बैंकहरुमध्ये सबैभन्दा बढी आर्थिक अराजकता भएको बैंक । पछिल्लो वित्तीय विवरण हेर्ने हो भने पनि सिभिल बैंक कमार्सीयल बैंकहरुमध्येकै सबैभन्दा ‘थर्डक्लास’ बैंक को उपनामले चिनिने गरेको छ । यसो त केहि समस्याग्रस्त संस्थाहरुलाई एकै ठाउँमा मर्ज गरेर अगाडी बढेकाले पनि बैंक वित्तीय रुपमा थप कमजोर भएको हो । तर पछिल्लो समय सीइओको असक्षमता र कर्मचारीको दादागिरीका कारण सिभिल बैंकप्रति जनताको विश्वास निकै घटेको पाइने गरेको छ ।
वित्तीय अवस्थामात्र होइन, कर्मचारीको अराजकता, लिंदै नलिएको ऋणको तागेता पत्र काटिएको लगायतका विषयले पछिल्लो समय निकै बदनाम हुँदै गएको सिभिल बैंकको सेयर विभिन्न अन्य बैंकहरुले ‘कालोसूची’मा राखेर उक्त बैंकका सेयर उपर सेयर कर्जा नदिन र दिएपनि निकै कम प्रतिशत मात्रै दिन उर्दी जारी गरेको खुलासा भएको छ । विशेष गरी चलेका सबैजसो बैंकहरुले सिभिल बैंकको सेयर उपर सेयर कर्जा सकेसम्म नदिन र दिनै परेपनि निकै कम मुल्यांकन गरेर दिन आन्तरिक नियम बनाएका छन् ।
५०% सम्म दिन पाइने नियम तर सिभिल अघोसित रुपमै कालोसूचीमा !
नियम अनुसार १८० दिनको मूल्यको औसत वा अहिलेको बाजरभाउ जुन कम छ, सोहि मूल्य मूल्यांकन गरेर त्यसको ५०% सम्म सेयर कर्जा दिन सकिने नियम छ । तर अन्य कमर्सियल बैंकका सेयरहरुमा ४५ देखि ५० प्रतिशत सेयर कर्जा पाउँदा सिभिल बैंकलाई भने सकेसम्म नदिने र दिनै परे पनि ३० प्रतिशतको हाराहारीमामात्र सिभिलको सेयर उपर कर्जा लिने गरेको पाइएको छ । यसो त बजारका केहि ठुला लगानीकर्ताहरुले भने बैंकलाई नै पेलेर राष्ट्र बैंकको नियम अनुसार कर्जा दिने गरेका छन् । बैंकहरु उनीहरुका अगाडी निरिह समेत छ । तर साना लगानीकर्ताले सेयर कर्जा लिनुपरेको खण्डमा सिभिल बैंकलाई निकै कम आंकलन गरी दिने गरिएको छ ।
अन्य बैंकका सीइओ भन्छन्, ‘सिभिल बैंकलाई त बिकास बैंकजतिको दर्जा पनि दिन मिल्दैन’
‘बाहिर भन्न मिल्दैन । हामीले त सेयर कर्जामा सिभिलका सेयर धीतो नै राख्दैनौं ।’ एक कमर्सियल बैंकका सीइओले भने, ‘स्ट्याण्डर्ड चार्टड, एभेरेष्ट बैंक लगायतका सेयरका बारेमा थप सोच्ने परेन । हाइड्रोमा चिलिमेको सेयर उपर सजिलै कर्जा पाइन्छ । बैंकमा सबै भन्दा कमजोर सिभिल हो । हामीले त सिभिल बैंकको सेयरलाई विकास बैंकको सेयरको जति पनि दर्जा पनि दिंदैनौं ।’ उनले भने । उनका अनुसार सिभिल बैंकले ४०% हकप्रद बिक्री गर्न लागेकाले सेयरको भाउ बढ्ने भन्दै थुप्रै लगानीकर्ताहरु सिभिलको सेयर किन्न थालेका छन् । ‘आफ्नै खुट्टामा बन्चरो हान्नेलाई केहि भन्न सकिंदैन । अहिले किन्ने हकप्रद लिएर बेच्ने हो भने ठिकै छ । त्यो पनि बिक्न निकै गाह्रो छ । कर्जा लिन उस्तै गाह्रो छ । म चाहिं सिभिल राम्रो रोजाई मानिन ।’ उनले अर्थ सरोकार डटकमसँग भने ।
हकप्रद के होला स्थिति ?
बैंकले १०ः४ अनुपातमा १०० रुपैयाँ दरको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता सेयर बिक्री गर्न लागेको छ । धीतोपत्र बोर्डबाट ४०% हकप्रदको अनुमति पाएपछि अहिले केहि लगानीकर्ताहरु त्यसलाई नै आधार बनाएर सेयर किन्न थालेका छन् । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ छ । ४०% हकप्रद बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिभिलले ३३ करोड ८१ लख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ८० पैसा छ । तर हकप्रद पाएपछि पनि सिभिलको सेयर बेच्न निकै कठिन हुने विश्लेषकहरुको भनाइ छ । सेयर किन्दा सिभिलजस्ता थर्डक्लास बैंकहरुको किन्नु भन्दापनि वासलात हेरेर राम्रो बैंकका सेयर किन्नु बुद्धिमानी हुने तर्क विश्लेषकहरुको छ । अहिले हकप्रदको लोभमा केहि लगानीकर्ताहरु यहि बैंकको सेयर किन्न लालायित भएकाले ‘बाइङ प्रेसर’ बढेका बेला भएको सेयर पनि बेचेर ढुक्क सँग राम्रो कम्पनीमा लगानी गर्दा नै राम्रो हुने तर्क विश्लेषकहरुको छ ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्