
इस्लामावाद । उच्च मुद्रास्फीति, बढ्दो खाद्यान्न मूल्य, बिजुली शुल्कमा भएको वृद्धिको तनावको सामना गरिरहेको पाकिस्तानमा व्यापार घाटामा पनि उल्लेख्य वृद्धि भएको छ । सन् २०२१ मा पाकिस्तानको व्यापार घाटा ३२ दशमलव ९ प्रतिशतले बढेको हो । आर्थिक वर्ष सन् २०२१ मा पाकिस्तानको व्यापार घाटा ७.६१६ बिलियन अमेरिकी डलरले बढेको पाकिस्तानी वाणिज्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।
पाकिस्तानको निर्यातमा आएको कमी र अपेक्षितभन्दा बढी आयात हुँदा व्यापार घाटा बढेको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । डिसेम्बर २०२० देखि व्यापारको अन्तर बढ्दै गएको र मुख्यतया आयातमा अत्यधिक वृद्धि र निर्यातमा तुलनात्मक रूपमा कम वृद्धिको कारण व्यापार घाटा बढेको जनाइएको छ । वार्षिक आयात २५ दशमलव ८ प्रतिशत अर्थात ११.५१७ बिलियनबाट बढेर ५६.०९१ बिलियन अमेरिकी डलरले उकालो लागेको छ ।
गत वर्षको यही अवधिमा आयात ४४.५७४ बिलियन अमेरिकी डलर रहेको जनाइएको छ । जुन २०२१ मा आयात अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको जनाइएको छ । मासिक आधारमा हेर्दा १४ प्रतिशतले आयातमा वृद्धि भएको छ । वाणिज्यका सल्लाहकार रजक दाउदले एक न्यूज कन्फरेन्समा आयात बिल मुख्यतः गहुँ र चिनी आयातका कारण बढेको बताएका हुन् । उनले आगामी आर्थिक वर्षमा गहुँ र चिनीको आयात मूल्य १.२ अर्ब डलर रहेको बताएका छन् ।
त्यस्तै उनले कपासका लागि आयात मूल्य १.२ अर्ब अमेरिकी डलर रहेको बताएका छद्द् भने घरेलु उत्पादनमा कमी आएकोसमेत उनले स्वीकार गरेका छन् । मुख्य रूपमा पेट्रोलियम, सोयाबीन, मेशिनरी, कच्चा माल र केमिकल, मोबाइल फोन, मल, टायर र एन्टिबायोटिक र खोपको आयात बढेको कारण आयात उच्च देखिएको जनाएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्