काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुष्मा स्वराज विदेश सेवा संस्थानमा नेपालका २६ जना कर्मचारीले प्रशिक्षण लिएका छन् । मंसिर ५ गतेदेखि १५ गतेसम्म भएको भारत भ्रमणका क्रममा नेपालका सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कुटनीतिज्ञ तथा अधिकारीहरुले प्रशिक्षण लिएका हुन् ।
नेपाली कुटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिहरु सहभागी रहेको भारतीय राजदूतावासले जनाएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत-नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषवस्तुलाई समेटेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण-ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबंधन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए । प्रशिक्षण कार्यक्रममा वाराणसी, सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरुले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएको दूतावासले जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग समग्रमा प्रशिक्षण कस्तो रह्यो भन्नेबारे बुझ्न एक अन्तरक्रिया सत्रको समेत आयोजना गरेका थिए । अन्तरक्रियाका क्रममा राजदूतले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा सहभागीहरुसँग प्रतिक्रिया लिएका थिए ।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका साथै हाम्रो घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय राजदूतावासले विश्वास व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्